आगामी सोमबारदेखि जापानबाहिर जाँदा १ हजार ‘डिपार्चर कर’ अनिवार्य तिर्नुपर्ने


प्रकाशित मिति : पुस २०, २०७५ शुक्रबार

जापान बाहिर जाने व्यक्तिले अबदेखि १ हजार येन कर तिर्नुपर्ने भएको छ र आगामी सोमवार अर्थात जनवरी ७ तारिक देखि हरेक व्यक्तिको १ हजार येन डिपार्चर कर लिने निर्णय भएसंगै जुनसुकै राष्ट्रका नागरिक भएपनि जापान बाहिर जाँदा यो कर तिर्नुपर्ने छ ।

जापान बाहिर जाने यक्तिले हरेक पटक देश छोड्दा यो रकम बुझाउनु पर्नेछ भने डिपार्चर कर हवाई भाडा, पानीजहाज र यात्रा शुल्कमाथि जोडिएर आउने बताइएको छ ।
जापानी सञ्चार माध्यमहरुले जनाएअनुसार सो सम्बन्धि नीति जापानको ब्यवस्थापिका संसदले गत अप्रिलमा पारित गरेको हो ।

यसरी उठाईएको रकम सन् २०२० मा हुने ओलम्पिक र प्यारा ओलम्पिकमा जापान आउने पर्यटकहरुका लागि आवश्यक सेवा, सुविधा बढाउन र सुधार ल्याउनमा तथा अन्य भौतिक संरचना बढाउनमा खर्च गरिने बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जापान आएको २४ घण्टामा जापान छोड्ने र २ वर्षमुनिका बालबालिका लागि भने यो कर लागू गरिने छैन । त्यस्तै आगामी सोमवारभन्दा अगावै टिकट लिइसकेका व्यक्तिहरुको हकमा पनि यो कर हालका लागि लाग्नेछैन ।

जापानमा घुम्न आउने पर्यटकको संख्या पछिल्ला बर्षहरुमा निकै बढेको छ । २०१८ मा पहिलोपटक ३० मिलियन पर्यटक भित्राएको जापानले २०२० सम्म बार्षिक ४० मिलियन पर्यटक भित्राउने लक्ष लिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com