चिनियाँ अन्तरिक्षयान पहिलोपटक चन्द्रमाको अँध्यारो भागमा अवतरण
प्रकाशित मिति : पुस १९, २०७५ बिहीबार
एक चिनियाँ अन्तरिक्षयानले चन्द्रमाको अँध्यारो भागमा पहिलोपटक अवतरण गरेको त्यहाँको राज्यद्वारा सञ्चालित मिडियाले जनाएको छ ।
चाङ’फोर लुनार ल्याण्डर र रोभरले बिहिबार स्थानीय समयअनुसार १० बजेर २६ मिनेट जाँदा चन्द्रमा अवतरण गरेको चाइना सेन्ट्रल टेलिभिजनले जानकारी दिएको हो ।
पृथ्वीबाट चन्द्रमाको नदेखिने भागबारे कमै मात्र अध्ययन भएको छ । उक्त भाग पृथ्वीले देख्ने भागमा धेरै फरक रहेको अनुसन्धानकर्ताको अनुमान रहेको छ ।
अहिले पठाइएको रोबोट सवारीले चन्द्रमाको सतह र भित्र दुवै अध्ययन गर्ने बताइएको छ ।
उक्त रोबोटमा प्यानारोमा क्यामाराको साथै परीक्षणका गर्नका लागि मापन यन्त्रहरु रहेका छन् ।
रसिया र युरोपेली राष्ट्रहरुसँगको सहकार्यले चीनको अन्तरिक्ष कार्यक्रममा फाइदा पुगिरहेको छ ।
गत वर्ष एउटा रकेट प्रक्षेपण गर्ने चीनको प्रयास असफल भएको थियो । सन् २००३ मा भने चीनले पहिलो पटक मानवसहितको यान अन्तरिक्षमा पठाएको थियो ।
यस्तो गर्नेमा चीन अमेरिका र रसियापछि मात्र तेस्रो देश हो ।