अमेरिका र इजरायलले परित्याग गरे युनेस्को


प्रकाशित मिति : पुस १९, २०७५ बिहीबार

संयुक्त राज्य अमेरिका र इजरालले ‘संयुक्त राष्ट्र शिक्षा, वैज्ञानिक एवम सांस्कृतिक संगठन(युनेस्को)’को सदस्यता औपचारिक रुपमा परित्याग गरेका छन् । योसँगै एक वर्षदेखि परित्याग गर्ने प्रक्रियाको पटाक्षेप भएको छ ।

उनीहरुले नयाँ वर्षको मध्यरातमा यो कदम चालेका हुन् । यो परित्याग प्रक्रियात्मक मात्र हो, यस अघिनै उनीहरुले संगठनलाई दिइरहेको अनुदान रोकेर बसेका थिए ।

यस परित्यागले दोस्रो विश्वयुद्धपछि अमेरिकासमेतको संलग्नतामा शान्ति प्रोत्साहन गर्नको लागि स्थापना गरिएको यस संस्थामाथि ठूलो धक्का लाग्ने भएको छ ।

ट्रम्प प्रशासनले सन् २०१७ अक्टोबरमै संठगनबाट बाहिरिने प्रस्ताव पेश गरेका थिए । इजरायले अमेरिकी कदमलाई पछ्याएको थियो । अमेरिका र इजरायलले संयुक्त राष्ट्रको यो विशिष्टिकृत संस्थामाथि इजरायलविरोधी पूर्वाग्रह राखेको आरोप लगाएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पेरिसमा मुख्यालय रहेको युनोस्कोले विगतमा इजरायलले पूर्वी जेरुसेलम कब्जा गरेको कुराको विरोध गरेको थियो । साथै संगठनले सन् २०११ मा इजरायल र अमेरिकाको विरोधका बीच प्यालेस्टाइनलाई पूर्ण सदस्यता प्रदान गरेको थियो ।

अमेरिकाले संगठनमा ‘आधारभूत सुधार’ को माग गरेको छ ।

युनेस्को सम्पदा संरक्षणको कामको लागि परिचित छ । यसले विश्वभरीका महत्त्वपूर्ण सम्पदाहरुको सूचि राख्ने गर्छ । साथमा यसले विकासोन्मुख राष्ट्रहरुमा शिक्षालाई प्रवर्धन गर्ने कायक्रम पनि अघि बढाउँछ ।
सन् २०११ मा प्यालेस्टाइनलाई सदस्यता दिए देखिनै इजरायल र अमेरिका दुवैले संगठनलाई दिदैं आएको अनुदान रोकेका थिए ।

संगठनको कुल बजेटको २२ प्रतिशत तिरिरहेको अमेरिकाले संगठनलाई ६० करोड अमेरिकी डलर तिर्न बाँकी छ । कत्तिले यही ठूलो राशी तिर्नु पर्ने भएकाले ट्रम्पले बाहिरिने निर्णय गरेको मानेका छन् । इजरायलले भने संगठनलाई १ करोड अमेरिकी डलर तिर्नुपर्नेछ ।

मध्य–पूर्वसम्बन्धमा पास भएका १२ पाठहरु इजरायल र सबै अरब सदस्य राष्ट्रहरुको सहमतिमा पास भएको भन्दै युनेस्कोले अमेरिकाद्वारा संगठनबाट बाहिरिन दिएको कुनै पनि कारण उपयुक्त नभएको बताएको छ ।

यसअघि अमेरिकाको विदेश मन्त्रालय(डिपार्टमेन्ट अफ स्टेट)ले युनेस्कोका अधिकारीहरुलाई अमेरिका ‘गैर–राजनीतिक मुद्दाहरुमा’ ‘अवलोकनकर्ता राष्ट्र’ को रुपमा संलग्न हुन चाहेको बताएका थिए । यसमा विश्व सम्पदा क्षत्रको संरक्षण, प्रेस स्वतन्त्रताको वकालत र वैज्ञानिक सहकार्य र शिक्षाजस्ता कार्य पर्छन् ।

अमेरिकाले अप्रिलमा हुने युनेस्कोको कार्यकारी बोर्ड बैठकको बेला यो हैसियतको माग गर्ने सम्भावना छ ।

अमेरिकाले यस अघि पनि युनेस्को परित्याग गरेको इतिहास छ । रेगन प्रशासनले सन् १९८४ मा संगठनमा खराब व्यवस्थापन, भ्रष्टता बढेको र सोभियत संघको चासोको वकालत गरेको भनेर बाहिरिएको थियो । त्यसपछि सन् २००३ मा मात्र अमेरिका संगठनमा सामेल भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com