एयरलाइन्सको सानो गल्तीका कारण यात्रुलाई फाइदै फाइदा


प्रकाशित मिति : पुस १९, २०७५ बिहीबार

हङकङको एक एयरलाइन्स कम्पनीको गल्तीका कारण यात्रीहरूलाई निकै फाइदा भएको छ ।

क्याथे प्यासिफिक एयरलाइन्सले भूलवश फर्स्ट र बिजनेस क्लासका टिकटहरू निकै सस्तोमा बेच्यो । बूकिङ गरेका यात्रीहरूले २० लाख रुपैयाँको टिकटका लागि जम्मा ७८ हजार रुपैयाँ तिर्नुपरेको थियो ।

भियतनामबाट क्यानडा तथा अमेरिकामा बिजनेस क्लासको टिकट काटेका यात्रुले इकोनोमी क्लासको भन्दा पनि कम पैसामा यात्रा गर्न पाएका छन् । ती यात्रुलाई स्वागत नै गर्ने क्याथे प्यासिफिकले जनाएको छ ।

क्याथेले ट्वीट ग–यो, ‘सन् २०१९ को सबैलाई बधाई । नयाँ वर्षको पहिलो दिन विशेष किसिमको गजबको सरप्राइज किन्नेलाई पनि बधाई । हामीले गल्ती गरेपनि किनेको टिकटमा तपाईंलाई हामी स्वागत नै गर्छौं । तपाईंका लागि नयाँ
वर्षको उपहार भयो यो हाम्रा तर्फबाट ।’

डिसेम्बर ३१ मा ट्राभल एजेन्सी साइटहरूमा यात्राको भाडा निकै कम देखाइएको थियो । पछि त्यसमा सुधार गरियो ।

सस्तो मूल्यमा कतिवटा टिकट बेचियो भनी एयरलाइन्सले खुलासा गरेन । नयाँ वर्षको शुरूआतमा एयरलाइन्सको गल्ती निकै चुनौतीपूर्ण छ किनकि कम्पनीले सन् २०१८ को मार्च महिनामा नोक्सानीको रिपोर्ट दिएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com