जापानमा बस्नका लागि टोकियो नै रोज्नुको कारण के हो ?


प्रकाशित मिति : पुस १९, २०७५ बिहीबार

हुन त हरेक देशको अन्य क्षेत्रमा भन्दा राजधानीमा बढि सेवा सुविधा र अवसरहरु हुनु सामान्य हो । नेपालको हकमा पनी राजधानी काठमाण्डौंमा अवसर तथा सुविधिाको खोजीमा अन्य क्षेत्रबाट बसाई सरेर आउनेहरु धेरै हुन्छन् । त्यस्तै झै जापानको राजधानी टोकियोमा पनि जापानका अन्य भूभागबाट आउनेहरुको संख्या निकै छ । टोकियोमै बस्न चाहानेहरुको संख्या धेरै भएपछि यहाँको सरकारले टोकियोका २३ वटा वडा छाडेर ग्रामिण क्षेत्रहरुमा जानेहरुलाई ३० लाख येनसम्मको सहयोग गर्ने तयारी गरेको समाचारपनि यसअघि आएको थियो । यसका साथसाथै विदेशबाट जापानमा आउनेहरुमध्ये धेरैको रोजाई पनि टोकियो नै पर्ने गर्दछ । रोजगारीका बढि अवसर त छंदैछ त्योसंगै अन्य धेरै कुरा छन् जसले मानिसहरुलाई टोकियोमा बस्नका लागि आकर्षित गर्छ । आजको लेखमा विदेशी तथा जापानीहरुलाई नै टोकियो प्राथमिकतामा पर्नुका केही कारणहरुबारे जानकारी दिने प्रयास गर्दैछौं ।

१.विश्वकै सुरक्षित शहर

टोकियो आधिकारीक रुपमै सबैभन्दा सुरक्षित शहर हो । अधिकांश वेवसाइटहरुको सर्वेक्षण र सूचीहरुले यसको पुष्टि नै गरिसकेका छन् । महिलाहरु पनि रातमा यो शहर हिँड्दा सुरक्षित महसुस गर्छन् । क्याफेमा आफ्नो सामान छोडेर अर्डर गर्न जानु त टोकियो शहरमा समान्य कुरा हो । त्यसैले यदि सुरक्षा तपाइका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो भने टोकियो शहरलाई छान्न सकिन्छ । यहाँको आपराधिक गतिविधि पनि अन्य शहरको तुलनामा न्यून छ ।

२. भरपर्दो रेलवे सेवा

टोकियोको सबवे र रेलवे सिष्टम उत्कृष्ट छन् । रेलहरु एकदम समयका पक्का हुन्छन् र प्राय लाइनहरुमा ट्रेनहरु हरेक तीन मिनेटको समयमा गुडिरहन्छन् । रेलहरु सफा र सुरक्षित हुन्छन् ।

३. अधिकांश राम्रा स्पटहरु यस नजिक छन्

मनोरञ्जन र घुमघामका लागि पनि टोकियोमा प्रसस्त स्थानहरु छन् । यसका साथसाथै खामाकुरा ठूलो बुद्धका मूर्ति, योकोहामा, टोकियो डिज्नील्याण्ड जस्ता उत्कृष्ट गन्तव्य टोकियोबाट नजिकैको दूरीमा पर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

४.हरेक दिन केही न केही नयाँ देख्न सकिन्छ

टोकियोमा साना साना शहर, हरेक स्टेशननजिक थुप्रै रेष्टुराँ, बार, पसलहरु हुन्छन् र तीनका आफ्नै मेनु र आफ्नै कथा हुन्छन् । तपाइले हरेक दिन केही न केही नयाँ देखे पनि सबै कुरा हेर्न लगभग असम्भव नै छ । ताजा र नयाँ कुरामा रुचि राख्नुहुन्छ भने टोकियो यसको राम्रो विकल्प बन्न सक्छ ।

५. थुप्रै पर्व र कार्यक्रम

जापानमा थुर्पै पर्व र स्थानीय कार्यक्रमहरु भइरहन्छन् । हरेक हप्ता जसो यहाँ केही न केही मनाउने काम भइनै राखेको हुन्छ । जापानीहरु स्थानीय परम्परा कायम राख्ने कुरामा सधैं अगाडि रहेका हुन्छन् । त्यसैले भीडभाड र रमाइलो मनपर्नेहरुका लागि टोकियो बस्न उपयुक्त शहर हो ।

६. कंक्रिट जंगल मात्रै होइन टोकियो

टोकियोमा बस्नुको अर्थ कंक्रिटको जंगलमा बस्ने मात्रै होइन । यहाँ योयोगी, उएनो र सिन्ज्युकु ग्योयन लगायतका हरियाली पार्कहरु पनि रहेका छन् । यी पार्कहरुको आफ्नै विशेषता छ । यी सबै पार्कहरु स्वच्छ र सफा छन् जहाँ, परिवार, बालबालिका, र एक्लै आउने व्यक्तिलाई पनिल बस्नका लागि छुट्टा छुट्टै व्यवस्था गरिएको हुन्छ ।

७.उपभोक्ता सेवा उत्कृष्ट

जापानी ट्रेन कर्मचारी, वेटर, टयाक्सी चालक, होटलका कर्मचारी सबै सहयोगी र नम्र स्वभावका हुन्छन् । उनीहरु आफ्नो काम पनि इमान्दारिताका साथ गर्छन् । कुनै होटल वा रेष्टुराँमा जानुभयो भने तपाइको स्वागत उत्कृष्ट तरिकाले गरिन्छ ।

८. यो शहर प्राय कहिल्यै सुत्दैन

धेरै राष्ट्रहरुमा कुनै निश्चित समयपछि पसलहरु बन्द हुन्छन् । जापानकै पनि अन्य सहरहरुमा जस्तै टोकियोमा पनि अबेरसम्म पसलहरु खुलिरहेका हुन्छन् । रात्री जीबन मन पराउनेहरुका लागि पनि टोकियो उत्कृष्ट गन्तव्य मानिन्छ । राती अबेसम्म चल्ले टे«न लाइनहरु भएकाले पनि घरसम्म पुग्न समस्या हुँदैन ।

तपाई टोकियोमै बस्दै हुनुहुन्छ ? कस्तो हुँदैछ यहाँको बसाई ? कमेन्टमा आफ्नो अनुभव लेख्न सक्नुहुन्छ है । जानकारी उपयोगी लागेमा सेयर पनि गर्न सक्नुहुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com