‘मोची’ खाँदा टोकियोमा २ को मृत्यु, १३ हस्पिटलमा
प्रकाशित मिति : पुस १९, २०७५ बिहीबार
जापानको नयाँ वर्षको समयमा खाइने निकै लोकप्रिय मोची केक खाने क्रममा घाँटिमा अड्किएर २ जनाको टोकियोमा मृत्यु भएको छ । साथै अन्य १३ जनालाई अस्पताल पुर्याइएको जापानटुडेले उल्लेख गरेको छ ।
ओता वार्डका पचास बर्षिय एक ब्यक्ति मोची खाने क्रममा अड्किदा मुटुको धड्कन रोकिएपश्चात मृत्यु भएको फुजी टेलिभिजनले जनाएको छ । त्यस्तै एदोगावा वार्ड निवासी ८० बर्षिय अर्का बृद्धको पनि घाँटीमा अड्किएर श्वासप्रश्वास बन्द भई मृत्यू भएको समाचारमा उल्लेख छ ।
पीडितहरु ५५ वर्षदेखि ९० वर्ष उमेर समूहका महिला र पुरुष रहेको बढि बताइएको छ ।
मोची केक प्राय जापानमा नयाँ वर्ष मनाउने क्रममा बनाइन्छ । यसमा ग्लुटोन हुने भएकाले यो अड्किने सम्भावना बढी हु्न्छ । त्यसैले यसलाई सानो सानो टुक्रा बनाएर राम्रोसँग चपाएर मात्रै निल्ने सल्लाह दिइन्छ ।
पछिल्लो समयमा भएका यस्ता घटनामध्ये ९० प्रतिशतको उमेर ६५ भन्दा माथि रहेको बताइएको छ ।