खोरबाट निस्केको सिंहले विद्यार्थीलाई मार्यो, लाश निकाल्न सिंहलाई पनि मार्नुपर्यो


प्रकाशित मिति : पुस १९, २०७५ बिहीबार

अमेरिकाको नर्थ क्यारोलिनास्थितएक निजी चिडियाघरमा राखिएको सिंहले २२ वर्षीया विद्यार्थीलाई मारेको छ । चिडियाघरमा सिंहको खोरजिक सफाइको क्रममा सिंह आफ्नो खोरबाट बाहिर निस्केको थियो। बाहिर आएको सिंहले त्यहाँ पढाइको इन्टर्नको लागि काम गरिरहेकी विद्यार्थी अलेक्जेन्ड्रा ब्ल्याकलाई आक्रमण गरेर मारेको हो ।

अलेक्जेन्ड्राको लाश निकाल्नको लागि सिंहलाई पनि मार्नु परेको छ । मिथाइ नामको त्यो सिंहलाई पहिले डार्ट विधिबाट बेहोस बनाउन खोजिए पनि बेहोस नभएपछि मार्नुपरेको चिडियाघर प्रशासनले जनाएको छ । अलेक्जेन्ड्राले इण्डियाना स्टेट युनिभर्सिटीबाट पढाइ पूरा गरेपछि करिब २ हप्ता पहिले इन्टर्नसिप सुरु गरेकी थिइन् ।

चिडियाघर प्रशासन भने यो घटनाबाट निकै आश्चर्यमा परेको छ किनकि आक्रमण गर्ने मिथाइ नामको सिंह त्यसअघि निकै शान्त स्वभावको थियो । सिंह कसरी बाहिर आयो र किन आक्रमण गर्यो भन्ने जाँचको विषय भएको चिडियाघर प्रशासनले जनाएको छ । यद्यपि चिडियाघरमा अहिले निकै सतर्कता अपनाइएको छ र आउने पर्यटकलाई जनावरको नजिक जान दिइएको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com