ससुरालीमा अपमानित भएको भन्दै परिवारका ६ जनाको हत्या
प्रकाशित मिति : पुस १९, २०७५ बिहीबार
थाइल्यान्डमा एक व्यक्तिले आफ्ना ससुराली खलकद्वारा अपमानित भएको महशुसपछि आफ्ना बच्चाहरुसहित परिवारका ६ सदस्यको हत्या गरेका छन् ।
उक्त हत्याकाण्ड नयाँ वर्ष मनाउने क्रममा भएको हो । उनले आफ्ना दुई बच्चा लगायत ६ सदस्यको गोली हानी हत्या गरेको र आफैँलाई पनि गोली हानेका थिए ।
ती व्यक्तिको पहिचान सुसिप सोर्सग् भएको प्रहरीले जानकारी दिएको छ ।