यसरी एक्लै बित्यो राष्ट्रपति ट्रम्पको क्रिशमस र न्यु इयर ईभ


प्रकाशित मिति : पुस १९, २०७५ बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्रिशमस र नयाँ बर्षको स्वागत एक्लोपनमा नै वितेको छ । ११ दिनदेखि अमेरिकी सरकार शटडाउन जारी रहँदा राष्ट्रपतिको दैनिकी झण्डै ६ दिन कोठाभित्रै वितेको हो । सीएनएनले यसबारे रिपोर्ट प्रकाशित गरेको छ ।

इराकको आकस्मिक भ्रमणबाहेक राष्ट्रपतिले क्रिशमस र न्यु इयर इभ एक्लोपनमा नै काटेका छन् । सरकार शटडाउनका कारण उनको मार ए लागो रिसोर्ट जाने कार्यक्रम स्थगित भएको थियो । सरकार शटडाउन भएयता ट्रम्प ट्वीटरमा भने निकै सकृय भएका छन् । यो अवधिमा उनले ९८ वटा ट्वीट र रिट्वीट गरेका छन् ।

क्रिशमस इभको दिनमा ट्वीट गर्दै ट्रम्पले आफैले आफैलाई विचरा भन्दै डेमोक्र्याटहरु सिमा सुरक्षाका विषयमा सहमतिका लागि आउलान् भन्दै एक्लै ह्वाइटाहउसमा कुरेर बसेको बताएका थिए । यो अवधिमा ट्रम्पले सल्लाहकारहरुसँग फोनकल गरेर, टेलिभिजन हेरेर र ट्वीटर चलाएर बिताएको सीएनएनले जनाएको छ । यो बीचमा ट्रम्पले सिनेटर लिण्ड्से ग्राहम लगायतका केही नजिकका व्यक्तिलाई लन्चका लागि बोलाएका थिए । त्यो बाहेक उनले ओभर अफिसमा दैनिक केही घण्टा विताएका थिए ।

क्रिशमस इभदेखि डिसेम्बर २७ सम्म ट्रम्पका साथमा उनकी पत्नीपनि थिइन् । ट्रम्पले यो अवधिमा सुरक्षामा खटिएका व्यक्तिहरुबाहेक आफू लगभग एक्लै ह्वाइटहाउसमा विताएको बताएका छन् । मेसिनगनसहितका सुरक्षाकर्मीहरुबाहेक ह्वाइट हाउसमा अरु कोही नभएको र आफूले उनीहरुप्रति हात हल्लाउने गरेको ट्रम्पले बताएका छन् । सेक्रेट सर्भिस र सेनाका उनीहरु निकै महान रहेको, उनीहरुले कुनै षड्यन्त्र नगर्ने, हातहल्लाएको नरुचाउने र नमुस्काउने खालका रहेको ट्रम्पले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्रिशमस र सरकार शटडाउनका कारण कर्मचारीहरु बिदामा रहेका कारण ह्वाइटहाउस सुनसान रहेको थियो । सन् २००० मा आफ्नो कार्यकाल सकिने बेलामा राष्ट्रपति बिल क्लिन्टनले क्रिशमस ह्वाइटहाउसमा विताएयता ट्रम्प क्रिशमसमा ह्वाइट हाउसमा समय बिताउने पहिलो राष्ट्रपति हुन् । इराक भ्रमणबाट फर्केपछि राष्ट्रपति ट्रम्प ह्वाइटहाउसबाट एकपटकमात्र बाहिर निस्के, त्यो पनि उपराष्ट्रपति माइक पेन्सको निवासमा सँगै खानाखानका लागि । जहाँ माइक पेन्ससँग ट्रम्पका ज्वाई र कार्यकारी चिफ अफ स्टाफ समेत थिए ।

बुधबार संचारकर्मीसँग कुराकानी गर्दै ट्रम्पले आफूले छ सातदिन ह्वाइटहाउसमा एक्लै बिताउने क्रममा पीबीएस हेरेको समेत बताए । उनले यो अवधिमा आफू एकदम एक्लो रहेको बताए ।

बुधबार ट्रम्प ३८ दिनपछि गल्फ खेल्न निस्किएका थिए । नोभेम्बर २५ पछि उनी बुधबार गल्फ खेल्न निस्किए । ट्रम्पले भने – ‘मेरो पूरै परिवार यो अवधिमा फ्लोरिडामा रह्यो । तर सिमा सुरक्षाबारे सहमतिका लागि कोही आइहाल्ला कि भनेर म ह्वाइटहाउसमा एक्लै कुरेर बसें ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com