महिलाहरुलाई मन्दिर प्रवेश निषेध गरेको विरोधमा भारतमा ६२० किमी लामो मानवसाङ्गलो


प्रकाशित मिति : पुस १८, २०७५ बुधबार

Women take pledge to fight gender discrimination as they form part of a 620 kilometers (388 miles) long ‘women’s wall’ in Thiruvanathapuram, Kerala, India,Tuesday, Jan.1, 2019. The wall was organized in the backdrop of conservative protestors blocking the entry of women of menstruating age at the Sabarimala temple, one of the world’s largest Hindu pilgrimage sites defying a recent ruling from India???s top court to let them enter. (AP Photo/R S Iyer)

भारतको दक्षिणी राज्य केरलामा एक मन्दिरमा प्रवेश गर्न नदिएको विरोधमा लाखौँ महिलाहरुले सयौं किमी लामो मानव साङलो बनाएका छन् । राज्यमा अवस्थित हिन्दूहरुको पवित्र धार्मिक स्थल सावरीमाला मन्दिरमा महिलाहरुलाई प्रवेश गर्न निषेध गरेको विरोधमा एक्यवद्धता जनाउन मानव साङ्गलो बनाइएको हो ।

सेप्टेम्बरमा भारतको सर्वोच्च अदालतले मन्दिरमा महिलाहरुको प्रवेश निषेधलाई असंवैधानिक ठहराएको थियो । सयौं वर्षदेखि मन्दिरमा १० देखि ५० वर्ष उमेरका महिनावरी भएका महिलाहरुलाई प्रवेश निषेध छ ।

तर, धार्मिक कट्टरपन्थीहरुले भने अदालतको फैसलालाई कार्यन्वयन गर्न अवरोध गरिरहेका छन् । त्यहाँको सर्वोच्च अदालतमा उसले सेप्टेम्बरमा गरेको फैसलालाई पुनर्विचार गर्न एक मुद्दा पनि परेको छ । सो सम्बन्धमा अदालतले अर्को महिना सुनुवाई गर्दैछ ।

मंगलबार केरलामा त्यहाँको राज्य सरकारकै पहलमा ‘महिला पर्खाल’ निर्माण आयोजना गरेको थियो । मानव साङ्गलो १५ मिनेट समय कायम राखिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त विरोध प्रदर्शनका सार्वजनिक भएका फोटोहरुमा राज्यका मुख्यमन्त्री पिनरायी विजयान र स्वास्थ मन्त्री के के शिलाजा पनि सहभागी भएको देखिन्छ । साथै मानव–पर्खालमा उभिएका हजारौँ महिलाहरुले हात र मुठ्ठी उठाएको देख्न सकिन्थ्यो ।

गत सेप्टेम्बरको सर्वोच्च अदालतको फैसला मन्दिर प्रवेश गर्न पाउनुपर्ने महिला अभियानकर्मीहरुको दशकौँ लामो संघर्षको प्रतिफल थियो ।

महिला प्रवेशमा रहेको बन्देजलाई सन् १९९१ अगष्टमा पहिलो पटक केरला उच्च अदालतमा चुनौती दिइएको थियो । उक्त समयमा अदालतले मन्दिरमा प्रवेश गर्नेबारेको अन्तिम निर्णय मन्दिरका पुजारीको हुने फैसला गरेको थियो ।

सुनको छानोयुक्त साबरीमाला मन्दिरमा भगवान आयाप्पाको पुजा हुन्छ । उनलाई उचाईको देवाता मानिन्छ ।

ठाडो उकालो चढेर पुगिने डाँडाको टुप्पोमा रहेको मन्दिरमा प्रत्येक वर्ष हिन्दूहरुको ठूलो तिर्थ लाग्ने गर्छ । तिर्थको बेला करोडौँ हिन्दू धर्मावलम्बीहरु मन्दिर पुग्ने गर्छन् ।

महिलाहरुको प्रवेशको विरोध गर्नेहरुले आयाप्पन ब्रम्हचर्य भएकाले महिनावारी भएका महिलाहरुको प्रवेश गर्नु उचित नहुने बताउँछन् । केही भने तिर्थाटनको लागि आवश्यक ४१ दिनको कठोर तप महिलाहरुले गर्न नसक्ने बताउँछन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी महिलाहरुलाई मन्दिर प्रवेश गर्न दिन नहुने रुढीवादीहरुको पक्षमा देखिएका छन् । जनवरी १ मा समाचार एजेन्सी एएनआईलाई दिएको अन्तवार्तामा उनले केही मन्दिरहरुमा पुरुषहरुलाई पनि प्रवेश निशेध रहेको कुरा पनि ख्याल गर्न भने । तर उनले त्यस्ता मन्दिरहरुको उदाहरण दिएनन् ।

मोदीको पार्टी भाजपाले पनि सर्वोच्च अदालतको निर्णयको विरोध गरेको छ ।

भाजपाका अध्यक्ष अमित शाहले मन्दिर प्रवेश गर्न हुने नहुने बहसलाई विश्वास लिएका मानिसहरु र केरलाको दमनकारी सरकारबीचको द्वन्द्वको रुपमा व्याख्य गरे । केरलामा भारतीय कम्युनिष्ट पार्टी(माक्र्सवादी)को सरकार छ ।

केन्द्रको शासन गरिरहेको भाजपाले भने स्थापना कालदेखिनै हिन्दूत्वलाई आफ्नो राजनीतिको सिद्धान्तको रुपमा लिएको छ । पार्टीका केही अतिवादी प्रतिनिधिहरुलाई त मुसलमानविरोधीको आरोप लाग्ने गर्छ ।

Ratopati

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com