दुई श्रीमती हुने पुरुषले नेपालमा ठूलो कानुनी झमेला बेहोर्नुपर्ने नयाँ कानुन बनिरहेका बेला संयुक्त अरब इमिरेट अर्थात् युएइमा भने सरकारले नै अतिरिक्त घरभाडा भत्ता दिने भएको छ ।
अविवाहित महिलाहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै सरकारले पुरुषहरुलाई दोश्रो बिहे गर्नका लागि प्रोत्साहित गर्न यस्तो अनौठो नियम लागू गरेको अन्तराष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।
युएइका मन्त्री अब्दुल्लाह बेलहेफ अल नुइमीले संघीय राष्ट्रिय परिषदको बैठकमा यो अनौठो घोषणा गरेसँगै अब युएइमा अविबाहित महिलाहरुको दल घट्ने अनुमान गरिएको छ ।
अन्तराष्ट्रिय मिडियाका अनुसार अबदेखि दुईवटी श्रीमती राख्ने पुरुषलाई शेख जायद हाउजिंग कार्यक्रम अन्तर्गत आवास भत्ता प्रदान गरिनेछ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।