युएईका दुई जेलमा ७८ जना नेपाली, उनीहरुमाथि लागेको आरोप र अवस्थाबारे जानकारी लिदै नेपाली दूतावास


प्रकाशित मिति : मंसिर १६, २०७५ आईतबार

युएईका दुई जेलमा ७८ जना नेपाली रहेको भेटिएको छ । नेपाली दूतावास युएईका प्रतिनिधिले गएको दुई दिनमा सारजहा र दुबईका जेलमा रहेका नेपालीलाई भेटेका छन् । युएईका जेलमा रहेका नेपालीको अवस्थाबारे अध्ययन गर्न दूतावासका प्रतिनिधिले जेलमै पुगेर भेट गरेका हुन् । यो वर्षमा दोस्रो पटक सुरु गरेको जेल भ्रमण अभियान अन्तर्गत दुतावास प्रतिनिधि टोली गएको बुधवार युएईको सारजाह जेल पुगेको थियो । सारजाह जेलमा ३ जना महिला र ७ जना पुरुष रहेका दूतावासले जनाएको छ ।

त्यस्तै दुबईको अल अविर सेन्टर जेलमा ४ जना महिला र ६४ जना पुरुष सहित ६८ जना नेपालीले जेल जीवन बिताइरहेको दुतावासकी द्वितीय सचिव तथा सूचना अधिकारी बिष्णु अधिकारिले जानकारी दिनुभयो ।

यूएईका सात वटा राज्यमा रहेका ८ वटा कारागारमा जेल जीवन बिताइरहेका नेपालीको मुद्दा, उनीहरुमाथि लागेको आरोप र अवस्थाबारे जानकारी लिने र गर्न सक्ने कानुनी सहजीकरणका लागि योजना बनाउन दूतावासले जेल भ्रमण अभियान सुरु गरेको हो । युएईका लागि कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलका अनुसार दुतावास टोली आउँदो हप्तादेखि बाँकी रहेका अरु ६ वटा जेलमा पुग्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com