अमेरिकाका पूर्व राष्ट्रपति जर्ज बुशको निधन


प्रकाशित मिति : मंसिर १५, २०७५ शनिबार

अमेरिकाका पूर्व राष्ट्रपति जर्ज बुशको निधन भएको छ । अमेरिकाका ४१ औं राष्ट्रपति बुशको ९४ वर्षको उमेरमा हस्टनस्थित आफ्नै निवासमा निधन भएको हो । बुशका छोरा जर्ज डब्लु बुश पनि अमेरिकाका पूर्व राष्ट्रपति हुन् । जुनियर (छोरा) बुश अमेरिकाका ४३ औं राष्ट्रपति निर्वाचित भएका थिए ।

सिनियर बुशकी पत्नी बारबरा बुशको ९३ वर्षको उमेरमा निधन भएको ८ महिना नपुग्दै सिनियर बुशको पनि निधन भएको हो । बारबराको अप्रिल १७, २०१८ मा निधन भएको थियो । बुशको निधनको उनको सचिवालयले पुष्टि गरेको छ । सिनियर बुश एकप्रकारको पार्किन्सन्सबाट पीडित थिए जसका कारण पछिल्ला केही वर्ष उनी ह्वीलचेयर वा मोटराइज्ड स्कुलटरको प्रयोग गरेर हिँडडुल गर्न बाध्य भएका थिए ।

गत अप्रिलमा उनकी पत्नी बारबरा बुशको अन्तिम संस्कारलगत्तै बुशको रगतको संक्रमणको उपचार गरिएको थियो । २०१३ मा उनी ब्रोङकाइटिसबाट पीति भएपछि उनको उपचार गरिएपछि उनको स्वास्थ्यमा सुधार भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com