पोखरामा एक युवाको हत्या


प्रकाशित मिति : आश्विन १६, २०७५ मंगलबार

पोखराको पालिखेचोकमा एक युवाको हत्या भएको छ । राजकुमार नाम गरेका करिब ३० बर्षीय एक युवाको हत्या भएको स्थानियले बताएका छन।

राजकुमारको टाउकोमा गहिरो चोट रहेको छ भने उनको हत्या भएको स्थानमा रगत लतपतिएको अबस्थामा रहेको छ ।

पालिखेचोकको एक खुल्ला टहरामा उनको शव स्थानियले आज विहान देखे पछि प्रहरीलाई खबर गरे पछि प्रहरीले उक्त घटनाको बारे अनुसन्धान गर्दै छ । हत्या भएका युवाको सम्पुर्ण परिचय खुल्न सकेको छैन।

केहि दिन देखि उनले कवाडी सामानहरु वेक्दै आएको उनका सहकर्मी पवन सुवेदीले बताए । हत्या भएको स्थानमा कवाडीको सामान सहितको वोरा र सेतो कपडामा रगत लतपतिएको अबस्थामा भेटिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com