आज पूर्वयुवराज पारस शाहकी पत्नी हिमानी शाहको जन्मदिन परेको छ ।उनी आज आफ्नो ४२ औं जन्मदिन मनाउन लागेकी छन ।उनको जन्म १ अक्टोबर १९७६मा भएको हो । उनी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हुन् ।
उनले २५ जनवरी २००० मा पारससँग विवाह गरेकी थिइन् ।उनीहरुका एक छोरा हृदयेन्द्र शाह, र दुई छोरी पूर्णिका शाह र कृतिका शाह रहेका छन् ।हिमानीको केही वर्ष पति पारससँगको सम्बन्धमा खटपट आएपनि पछिल्लो समय भने सम्बन्ध राम्रो भएको छ । हिमानी ट्रष्टको नामबाट समाजसेवामा र उनको सुन्दरताले पनि उनि चर्चामा छिन् । पूर्व राजपरिवारले आज कहाँ र कसरी हिमानीको जन्मोत्सव मनाउँदैछ भनेर केही जानकारी दिएको छैन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।