बेलायती सेनामा बेस्ट सोल्जर अवार्ड जितेकै बर्ष स्वदेश फर्किएका मिलन
प्रकाशित मिति : भाद्र २२, २०७५ शुक्रबार
‘बेलायती सेनामा बेस्ट सोल्जर अवार्ड जितेकै बर्ष जागिर छाडेर स्वदेश फर्किएका मिलन चाम्स यतिबेला नेपाली फिल्म निर्देशनमा व्यस्त छन् ।’
मिलन चाम्लिङ उर्फ चाम्सले १२—१३ बर्षको छँदै भोजपुरमा शिवशक्ति फिल्म हल चलाउन थालिसकेका थिए ।
उनी राई परिवारमा जन्मिएकैले रहर मारेरै भए पनि ब्रिटिस आर्मी बेलायती सेना बन्न पुगेका थिए ।
मेरा बाउबाजे सबै ब्रिटिस आर्मीमा भएकाले मलाई पनि आर्मी नै बन्नुपर्छ भनेर दबाब दिन्थे ।
मलाई त्यता रुचि नै थिएन ।
बच्चैदेखि भाग्दै, लुक्दै नेपाली, हिन्दी फिल्म यति धेरै हेरेँ, कि मलाई पनि फिल्म निर्माण गर्ने रहर भयो, उनले भने ।
फेब्रुअरी १९९८ मा लन्डनमा चाम्सको फौजी जीवन सुरु भयो ।
धन्न, आर्मीतर्फ पनि प्रशासनिक विभागमा भएकाले मिलनलाई कम्ब्याट बन्दुक भिरेर भने हिड्नु परेन । तै पनि घर र फिल्मको यादले खुब सताउँथे ।
साथीहरु मलाई ५ प्रतिशत मात्रै आर्मी र बाँकी सबै मनोरञ्जनले भरिएको छ भनेर जिस्काउँथे, त्यस बेला भर्खर १७ बर्ष पार गरेका मिलनले रोएरै पश्चाताम गर्नुमा भन्दा आर्मी जीवनलाई अवसरमा बदल्ने सोचेका बताए ।
कान्तिपुर दैनिकको शुक्रबारमा यो खबरलाई सुशील पौडेलले लेखका छन् ।