एसईईको तयारीमा रहेकी अभिनेत्री करिश्माको कक्षा दशको परीक्षाफल कस्तो आयो ?
प्रकाशित मिति : भाद्र १९, २०७५ मंगलबार
पछिल्लो केही वर्षयता राजनीतिमा सक्रिय अभिनेत्री तथा निर्मात्री करिष्मा मानन्धर यो वर्ष एसईईको परीक्षा दिँदैछन् । राजनीतिमा लाग्दा पढार्इको आवश्यकता महशुस गरेकी अभिनेत्री मानन्धरले कक्षा ८ बाट अध्ययन शुरु गरेकी थिइन् ।

अहिले उनै अभिनेत्रीले कक्षा दशको परीक्षाको प्राप्तांक सामाजिक सञ्वाल फेसबुकमा पोस्ट गरेकी छन् । उनको सिम्बोल नम्बर ११ रहेको छ भने ८५ दिन विद्यालय लागेकोमा उनी ६२ दिन हाजिर भएकी छन् ।

ग्रेड सिस्टममा गरिएको रिजल्टमा भने उनी एभरेज विद्यार्थी भन्दा माथि देखिएकी छैनन् । २.४० जिपिए अथवा सी प्लस ल्याएको देखिन्छ ।






