७ महिने गर्भ रहेकी महिलालाई बलात्कार गरेको आरोपमा ३ जना पक्राउ


प्रकाशित मिति : भाद्र १७, २०७५ आईतबार

कपिलवस्तुको विजयनगर गाउँपालिकामा ७ महिनाको गर्भ पेटमा रहेकी एक महिलालाई बलात्कार गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा विजय नगर गाउंपालिका वडा नंं. ७ का ३ जना २८ वर्षीय बकन्चु केवट, ४२ वर्षीय वरसाती केवट र ३८ वर्षीय प्रह्लाद केवट रहेका छन् ।

गर्भवती महिलालाई जबरजस्ती बलात्कार गरेको किटानी जाहेरीको आधारमा इलाका प्रहरी कार्यालय गणेशपुरले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई सोमवार जिल्ला अदालतमा उपस्थित गराई म्याद थप गरी थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गएको मंगलबार राति घरमा एक्लै रहेको अवस्थामा उनीहरुले ३८ वर्षीया महिलालाई जबरजस्ती बलात्कार गरेको पीडितले किटानी जाहेरीमा उल्लेख गरेकी छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com