ब्रिटिस लाहुरेनीले जंगल छेउमा गर्दैछिन् यस्तो काम, आखिर किन रोजिन् यो पेशा (भिडियो)


प्रकाशित मिति : भाद्र १६, २०७५ शनिबार

उमेरले बुढौली लाग्दै छ तर पनि कृषि प्रतिको मोह उस्तै छ । जिवनमा पाएका अवसर, धन दौलत र बिकसित मुलुकको नागरिक बन्ने अवसरलाई समेत छोडेर देशमै केही गरौं भन्दै दिन रात मोटोसंग मितेरी गाँस्दै कृषिमै जीवन बिताउन चाहनेहरु कमै हुन्छन् ।पोखराको हेमजामा लामो समय कृषि फर्म संचालन गरेकी मिना गुरुङ अहिले आफ्नै जमिनमा कृषि अनुशन्धान केन्द्र बनाउन जुटेकी छन् । पोखराको हेमजामा बिगत ८ बर्ष अघि देखी अर्गानिक कृषि उत्पादन गरेर महिला उदमी कृषकको रुपमा ख्याती कमाएकी मीना अहिले पनि उत्तिकै जोश जाँगरका साथ कृषिमा तल्लीन् छीन् ।

पोखरा हेमजा मिलनचोक भन्दा करिब २ किलोमिटर माथि झिझिर्का भन्ने ठाउँ छ । जहाँ मिना गुरुङको एग्रो टुरिजम फर्म बन्दै छ । उनले २० रोपनी जग्गामा माया इको भिलेज नामक कृषि फर्म बनाउँदै छिन् । हामी उक्त ठाउँमा पुग्दा उनी फर्म निर्माण मै ब्यस्त थिईन् । कुराकानीकै क्रममा उनले फर्म निर्माण कार्य सुरु भएको र करिब एक बर्ष भित्र सकिने सुनाईन् ।

उनले फार्म एक कृषि उत्पादनको लागी मात्र नभएर अनुसन्धान गर्न मिल्ने कृषि पाठशाला स्तरको बनाउन लागेको बताईन् । उनले पहुनाहरु उनकै फर्ममा बस्न र त्यही कृषि सिक्न समेत सक्ने र बिभिन्न कृषि सेमिनारहरु राख्नका लागी सेमिनार हल सहितको घर निर्माण हुने जानकारी दिईन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com