चीनद्वारा गर्भनिरोधक साधनमा कर वृद्धि: के छ युवाहरूको प्रतिक्रिया ?


प्रकाशित मिति : पुस १७, २०८२ शुक्रबार

assorted contraseptive lot

फोटो : रिप्रोडक्टिभ हेल्थ सप्लाइज कोएलिसन / अन्स्प्ल्यास

चीनले परिवार नियोजनका अस्थायी साधनहरूमा कर लगाएको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले आफ्नो घट्दो जन्मदरलाई उकास्ने प्रयासस्वरूप १ जनवरीदेखि गर्भनिरोधक सामग्रीहरूमा १३ प्रतिशत बिक्री कर लगाउने निर्णय गरेको हो।

यद्यपि, चिनियाँ अधिकारीहरूका अनुसार बाल स्याहार सेवाहरू लाई भने पूर्ण रूपमा करमुक्त गरिएको छ।

बढ्दो वृद्ध जनसङ्ख्या र सुस्त अर्थतन्त्रको चुनौती सामना गरिरहेको चीनले युवाहरूलाई विवाह गर्न र दम्पतीहरूलाई सन्तान जन्माउन प्रोत्साहित गर्न यो कडा कदम चालेको देखिएको छ।

धेरै युवाहरूले यसलाई हास्यास्पद कदम भनेका छन्। उनीहरूका अनुसार बच्चा हुर्काउन लाग्ने करोडौँको खर्चको तुलनामा कन्डममा लाग्ने १३ प्रतिशत कर निकै सामान्य हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कन्डम, गर्भनिरोधक चक्की र अन्य उपकरणहरूमा कर लगाउने निर्णयले सकारात्मक नतिजाभन्दा बढी नकारात्मक असर पर्न सक्ने विज्ञहरूको चिन्ता छ। यसले विशेषगरी अनिच्छित गर्भधारणको जोखिम बढ्ने,एचआईभी तथा अन्य यौनजन्य सङ्क्रमणको दर वृद्धि हुन सक्ने देखिएको छ।

गत वर्षको अन्त्यमा घोषणा गरिएको यो कर प्रणालीले सन् १९९४ देखि लागू हुँदै आएका धेरै कर छुटहरू खारेज गरेको छ। नयाँ व्यवस्थाले विवाहसम्बन्धी सेवा र ज्येष्ठ नागरिक स्याहारलाई करबाट मुक्ति दिएको छ। यो कदम अभिभावक बिदा बढाउने र नगद सहयोग वितरण गर्ने जस्ता वृहत्तर नीतिहरूको एउटा हिस्सा हो।

सरकारी तथ्याङ्कअनुसार चीनको जनसङ्ख्या लगातार तीन वर्षदेखि घटिरहेको छ। सन् २०२४ मा मात्र ९.५४ मिलियन (करिब ९५ लाख) शिशु जन्मिएका छन्। यो सङ्ख्या एक दशकअघि जन्मदरसम्बन्धी नियम खुकुलो बनाउन सुरु गरिएको समयको तुलनामा झण्डै आधा मात्र हो।

धेरैले कन्डमको मूल्य र बच्चा हुर्काउने खर्चबीच तुलना नै हुन नसक्ने तर्क गरेका छन्। बेइजिङस्थित एक अनुसन्धान संस्थाको सन् २०२४ को अध्ययनअनुसार चीन बच्चा हुर्काउनका लागि संसारकै सबैभन्दा महँगो देशहरूमध्ये एक हो।

विद्यालय शुल्क र ट्युसनको चर्को खर्च, महिलाहरूले करियर र अभिभावकत्व सँगसँगै सम्हाल्नुपर्ने चुनौती  चीनमा छ।

विश्लेषकहरूका अनुसार चीनको पुरुष-प्रधान नेतृत्वले सामाजिक परिवर्तनको वास्तविक कारण बुझ्न सकेको छैन।

यो समस्या चीनमा मात्र नभई दक्षिण कोरिया, जापान र धेरै पश्चिमी देशहरूमा पनि समान रूपमा देखिएको छ।

अनुसन्धानले देखाएअनुसार बाल स्याहारको बोझ प्रायः महिलामाथि मात्र पर्ने, विवाह र डेटिङ प्रतिको रुचि घट्दै जाने, र अनलाइन जीवनशैली बढ्नु जस्ता कारणले जन्मदरमा ह्रास आएको हो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com