यो आधारमा फर्काइयो अमेरिका आउन लागेका नेपाली विद्यार्थीलाई विमानस्थलबाट


प्रकाशित मिति : श्रावण ३०, २०७५ बुधबार

अमेरिकामा विद्यार्थी भिसामा आउन लागेका नेपाली विद्यार्थी रमेश (पीडितको अनुरोधमा नाम परिवर्तन) लाई अबुधाबीको विमानस्थलबाटै फिर्ता पठाइएपछि उनलाई कुन आधारमा नेपाल फिर्ता पठाइएको हो भन्नेबारे चर्चा सुरु भएको छ । समर विदामा नेपाल गएर अमेरिका फर्कदै गर्दा उनलाई अमेरिकामा आउनमा रोक लगाउँदै नेपाल फिर्ता गरिएको हो ।

उनले सामाजिक सञ्जालमा राखेको आफ्नो भिसाको कपी अनुशार उनको सन् २०१५ को डिसेम्बर १७ मा अमेरिकाको भिसा लागेको थियो । ओक्लोहोमा स्टेट युनिभर्सिटीमा अध्ययनका लागि भिसा पाएका उनी अमेरिकामा आएर अध्ययन समेत गरेका थिए । उनको भिसा सन् २०२० को १३ डिसेम्बरसम्म रहेको थियो ।

 

अमेरिका आउनलाग्दा मलाई विमानस्थलबाटै फर्काएर १० बर्षे प्रतिबन्ध लगाइयो

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा विद्यार्थी भिसामा आएका उनले गैरकानुनी रुपमा काम गरेको पाइएपछि उनलाई अबुधाबीको विमानस्थलबाटै फिर्ता पठाइएको हो । उनको भिसामा इमिग्रेशन अफिसरले लेखेको नोट अनुशार उनलाई अध्यागमन कानुनको २२ सीएफआर ४१ प्वाइन्ट १२२ एच थ्री अनुशार अमेरिका आउन नदिई विमानस्थलबाटै फिर्ता पठाइएको हो ।

अध्यागमन कानुनको २२ सीएफआर ४१ प्वाइन्ट १२२ एच थ्री

इमिग्रेशन एण्ड नेशनालिटी एक्टको २२ सीएफआर ४१ प्वाइन्ट १२२ मा भिसाको खारेजीबारे प्रावधान राखिएको छ । उक्त कानुनको एच थ्रीमा इमिग्रेशन एण्ड नेशनालिटी एक्टको २३५ बी अनुशार पोर्ट अफ इन्ट्रीमा इमिग्रेशन अफिसरले भिसा वाहकलाई अमेरिका प्रवेशमा अयोग्य रहेको जानकारी गराउने प्रावधान रहेको छ । त्यस्तो जानकारी गराइसकेपछि भिसा वाहकले अमेरिका प्रवेशको आवेदन फिर्ता लिन गरेको आग्रहपछि इमिग्रेशन अफिसरले त्यस्तो आग्रह स्वीकार गर्ने प्रावधान रहेको छ ।

इमिग्रेशन एण्ड नेशनालिटी एक्टको २३५ बी

यो प्रावधान अनुशार भिसा वाहकलाई इमिग्रेशन अफिसरले अमेरिका प्रवेशमा अयोग्य भएको जानकारी गराएपछि भिसा वाहकले अमेरिका प्रवेशको आवेदन स्वेच्छिक रुपमा फिर्ता लिने प्रावधान रहेको छ । भिसा वाहकले भिसाको आवेदन फिर्ता लिइसकेपछि इमिग्रेशन अफिसरले उसको भिसा खारेज गरेर फिर्ता पठाउँछन् । तर कतिपय अवस्थामा इमिग्रेशन अफिसरले आवेदन फिर्ता लिन बाध्य बनाउने वा जेल हाल्ने सम्मको त्रास सृजना गर्ने गरेका छन् । जसका कारण भिसा वाहकले अमेरिका प्रवेशको आवेदन फिर्ता लिने गर्छन् ।

इमिग्रेशन एण्ड नेशनालिटी एक्टको २३५ बी अनुशार उनीलाई भिसा फिर्ता लिन दबाब दिइएको हो । यो प्रावधान अनुशार कुनै पनि आप्रवासी अमेरिकाको पोर्ट अफ इन्ट्रीमा आइसकेपछि अमेरिका प्रवेशमा योग्य नभएको खण्डमा उसलाई कुनै थप पुनरावलोकन वा सुनुवाई विना नै फिर्ता पठाउन सक्छ । तर आप्रवासीले अमेरिकामा एसाइलम गर्न चाहेको बताएमा वा स्वदेश फर्कन कुनै डर रहेको बताएमा भने उसलाई तुरुन्त फिर्ता पठाउन पाइदैन । अध्यागमन अफिसरले उसलाई एसाइलम अफिसर समक्ष अन्तरवार्ताका लागि पेश गर्नुपर्ने हुन्छ ।

उनले आफूलाई अमेरिका आउनमा १० बर्षको प्रतिबन्ध लगाइएको बताएपनि उनको भिसामा लेखिएको कोड हेर्दा उनलाई त्यस्तो प्रतिबन्ध लगाइएको देखिन्न । उनी योग्य भएको खण्डमा आप्रवासी भिसामा अमेरिका आउनसक्ने सम्भावना देखिन्छ । उनको भिसामा लेखिएको कोड हेर्दा उनलाई स्वेच्छिक रुपमा भिसा फिर्ता लिन वा भविश्यमा १० बर्षको प्रतिबन्धको सामना गर्न अध्यामगन अफिसरले रोजाउँदा उनले भिसा फिर्ताको विकल्प रोजेको देखिन्छ ।

तर अगस्त ९ देखि लागु गरिएको नयाँ नियम अनुशार विद्यार्थी भिसामा अमेरिका आएको कुनै व्यक्तिले गैरकानुनी रुपमा काम गरेको पाइएमा काम गरेको दिनदेखि नै गणना गरेर काम गरेको ६ महिनाभन्दा बढी भएकोमा ३ बर्षसम्म र एकबर्षभन्दा बढी भएकोमा १० बर्षसम्म प्रतिबन्ध लगाउने व्यवस्था गरिएको छ । यसरी गैरकानुनी रुपमा काम गरेको स्टेटस एड्जस्ट गर्दा, एचवान फाइल गर्दा , अमेरिका पुन प्रवेश गर्दा वा कुनै पनि बेलामा पत्ता लागेका त्यस्तो प्रतिबन्ध लाग्ने नयाँ प्रावधान रहेको छ ।

विद्यार्थी भिसामा आउनेका लागि गैरकानुनी उपस्थीतिबारे अमेरिकामा नयाँ नियम

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com