चार वर्षीया बालिकाको बलात्कारको आरोपमा एक जना पक्राउ


प्रकाशित मिति : श्रावण २२, २०७५ मंगलबार

झापाको अर्जुनधारा नगरपालिकामा चार वर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँका १५ वर्षीय विजय गजमेर रहेका छन् । गजमेर गएको बुधबार बिहान ११ बजे हजुरआमासँग खेतमा गएकी बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।

बालिका बलात्कृत भएको थाहा पाउनेबित्तिकै बालिकाकी आमाले इलाका प्रहरी कार्यालय विर्तामोडमा उजुरी दिएकी थिइन् । उजुरीको आधारमा प्रहरीले गजमेरलाई सोमबार पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी कृष्ण प्रसाद कोइरालाले आरोपित गजमेरलाई जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको बताए ।

बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य जाँच गरिएको छ । आर्थिक अवस्था कमजोर भएकी बालिकको स्वास्थ्य उपचारका लागि काठमाडौंबाट बसन्ती बास्तोला र कल्पना भण्डारीले दश हजार रुपैयाँ सहयोग गरेको अधिकारकर्मी सावित्री सुवेदीले बताइन् ।
उनले पीडकलाई कारबाहीको माग गर्दै बुधबार विर्तामोडमा विरोध ¥याली निकालिने समेत बताइन् ।

महिला खबर

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com