ड्राइभरले पर्किङ्ग गरेको गाडी मालिकले चलाउन खोज्दा पल्टियो बस, १ घण्टा सम्म भित्रै च्यापिएर गम्भिर घाइते


प्रकाशित मिति : श्रावण ७, २०७५ सोमबार

आज रोल्पा लिबाङ–खाद्यटोलको घुम्तिमा बस दुर्घटनाबाट एक जना गम्भिर घाइते भएका छन् । ग. १ रा ५५३० को गाडी दुर्घटना हुदाँ घाइते भएका हुन् । बस पार्किङ गरी लग्दै गर्दा करिब ५ बजेतिर भएको दुर्घटनामा रोल्पा नगरपालिका वडा नं। २ का गाडी धनी इन्द्र गिरी घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुयालले जानकारी दिनुभएको हो ।

करिव १५० मिटर तल झरेको बसबाट धनी गिरीलाई नेपाली सेना, नेपाल पुलिस र स्थानीय समुदायको सक्रियतामा उद्धार गरिएको हो । उनलाई गाडीको तुलबक्सले च्यापेर विचमा करिव एक घटना गाडीमै च्यापिएका थिए । घाइतेलाई जिल्ला अस्पताल रेउघामा उपचारको लागि लगिएको समेत प्रहरी नायव उपरीक्षक फुयालले बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com