जेठ २ सम्म भिषा स्ट्याम्पिङ भएका नेपाली मलेसिया जान पाउने


प्रकाशित मिति : श्रावण ६, २०७५ आईतबार

रोजगारीका लागि मलेसिया जान भिषा स्ट्याम्पिङ भएर रोकिएका श्रमिकलाई सरकारले अन्तिम श्रम स्वीकृति दिने भएको छ। गत जेठ २ गतेसम्म स्ट्यिाम्पिङ भएकाले मात्र यो सुविधा पाउनेछन्।

मलेसिया जाने युवामाथि विभिन्न दलाल कम्पनीमार्फत ठगी हुने गरेको भन्दै श्रम रोजगार तथा समाज कल्याण मन्त्रालयले त्यस्तो ठगी नरोकिएसम्म नेपाली कामदार मलेसिया नपठाउने निर्णय गरेको थियो। मलेसिया जाने युवामाथि विभिन्न शीर्षकमा प्रतिव्यक्ति १९ हजार ३२३ रुपैयाँ ठगी भइरहेको मन्त्रालयको भनाइ छ।

मन्त्रालयले यस्तो ठगीमा संलग्न रहेको भन्दै भीएलएन, वान स्टपसेन्टरजस्ता संस्थामाथि कारबाही प्रक्रिया अघि बढाइरहेको छ। त्यस्तै कामदारको स्वास्थ्य परीक्षणका लागि पनि ३९ संस्थाले सिन्डिकेट कायम गरेको भन्दै त्यो हटाउने मन्त्रालयले जनाएको छ। श्रमिकमाथि भइरहेको आर्थिक शोषण अन्त्य गर्ने विषयमा मलेसिया सरकारसँग कुटनीतिक पहल पनि भइरहेको मन्त्रालयले बिज्ञप्तिमार्फत जनाएको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com