सेजबाट ७५ प्रतिशत निर्यात हुनैपर्ने प्रावधान कम गर्न व्यवसायीको लबिङ


प्रकाशित मिति : असार ५, २०७५ मंगलबार

विशेष आथिक क्षेत्र (सेज)मा स्थापना भएका उद्योगले अनिवार्य रूपमा गर्नुपर्ने ७५ प्रतिशत निर्यातको प्रावधान घटाउन व्यवसायीले लबिङ सुरु गरेका छन् ।

बढ्दै गएको व्यापारघाटा कम गर्ने उद्देश्यले विशेष सुविधासहित सेजमा उद्योग स्थापना गरिए पनि व्यवसायीहरू आन्तरिक बजारमै उत्पादन खपतको लागि सरकारसँग नीतिगत व्यवस्था परिवर्तनको मागमा छन् । उनीहरूले ७५ प्रतिशत निर्यात गर्नैपर्ने सीमालाई ६० प्रतिशतमा झार्न माग गरेकाे खबर अाजकाे काराेबार दैनिकमा सरस्वती ढकालले लेखेकी छन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले सुरुवातका केही वर्षका लागि सेजको शर्त खुकुलो बनाउनुपर्ने भन्दै उद्योग आकर्षित गर्नुपर्नेमा जोड दिए । व्यापारघाटालाई सम्बोधन गर्न सेज स्थापना गरिए पनि कसिलो प्रावधानका कारण उद्योग नै स्थापना हुन नसकेको भन्दै उनले ६० प्रतिशतसम्म निर्यात गर्न पाउनेगरी खुकुलो नीतिको माग गरेका हुन् ।

सेजमा उद्योग स्थापना गर्ने उद्योगीसँग सरकारले भाडामात्र लिन नहुने भन्दै प्रति वर्गफिट ५ रुपैयाँका दरले मात्र भाडा लिनुपर्ने बताए । हाल सरकारले २० रुपैयाँ प्रति वर्गफिट भाडा निर्धारण गरेको छ । यसअघि १ सय ५० रुपैयाँसम्म भाडा लिने प्रस्ताव गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com