समाचार प्रभावः धनमतीले पाइन् सहयाेग


प्रकाशित मिति : जेष्ठ १८, २०७५ शुक्रबार

बाजुराकी धनमती बढुवालले उपचार पाउने भएकी छिन् । बडिमालिका नगरपालिका ५ कोर्धकी ४१ वर्षीया धनमती बढुवालको उपचारका लागि आर्थिक संकलन भएको छ । आर्थिक संकलन भएसँगै उनलाई उपचारको लागि अछामको बयलपाटा अस्पतालमा लगिएको छ ।

धनमतीको उपचारका लागि मिस बाजुराका प्रमुख नरेन्द्र थापा वडा नम्बर ५ की वडा अध्यक्ष कला बढुवाललाई पैसा हस्तान्तरण गर्दै ।

‘५० हजार नहुँदा धनमतीले नौं महिनाअघि भाँच्चिएको खुट्टाको उपचार पाइनन्’ शिर्षकमा महिला खबरमा समाचार छापिएपछि धनमतीको उपचारका लागि रकम संकलन भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२०७४ असोज महिनामा भिरबाट खसेको ढुङ्गाले खुट्टा भाँच्चिएपछि धनमती उपचार अभावमा कष्टपूर्ण जीवन बिताइरहेकी थिइन् । एक महिनाअघि गाउँलेको सहयोगमा जिल्ला अस्पताल पुगेकी धनमतीलाई जिल्लामा उपचार सम्भव नभएको भन्दै थप उपचारका लागि जिल्लाबाहिर रेफर गरेको थियो । तर पैंसाको अभावमा उपचार गर्न नसकेपछि उनी घरमै बस्न बाध्य थिइन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा. रुपचन्द्र विश्कर्मा वडा अध्यक्ष कला बढुवाललाई पैसा हस्तान्तरण गर्दै ।

महिला तथा बालबालिका कार्यालय बाजुरामा कार्यरत बिन्दु बडाल लगायतले धनमतीको उपचार रकम संलकन गर्न सहयोग गरेका थिए ।

उनको उपचारका लागि जिल्ला स्वास्थ्य कार्यलय बाजुराका प्रमुख रुपचन्द्र विश्वकर्मा र उनकी श्रीमती मिना विश्वकर्माबाट १० हजार, जर्मनकी नागरिक : MRS Helga Kubesh बाट ९ हजार, काठमाडौंकी बसुधा गुरुङबाट ५ हजार सहयोग भएको बिन्दु बडालले बताइन् । ।

                            धनमतीलाई पैसा दिँदै पत्रकार महांसघ बाजुराका पुर्व अध्यक्ष दयाराम पण्डित ।

त्यस्तै जिल्ला वन कार्यालय बाजुराबाट ५ हजार, बुढिगंगा नगरपालिका ९ बस्ने मिस बाजुराका प्रमुख नरेन्द्र थापाबाट ५ हजार, बडिमालिका नगरपालिका ९ बस्ने बासुदेब उपाध्यायबाट ५ हजार, पत्रकार महासंघ बाजुराका पुर्व अध्यक्ष दयाराम पण्डितबाट २ हजार, जिल्ला प्रशासन कार्यालयका लेखापाल लालबहादुर बिष्टबाट १ हजार, नेपाल टेलिकम अत्तरीया कार्यलयमा कार्यरत बिक्रम टमटाबाट १ हजार १ सय सहयोग भएको छ ।

बडिमालिका नगरपालिकाबाट १५ हजार, महिला तथा बालबालिका कार्यालय बाजुराबाट १० हजार, पिसवीन बाजुराबाट ५ हजार, गिफ्ट बाजुराबाट २ हजार रुपयाँ सहयोग भएको बडालले बताईन् ।

धनमतीे ५० हजार नहुँदा नौं महिनादेखि भाँच्चिएको खुट्टाको उपचार गर्न नसकेको कुराले मन छोएपछि उपचार अभावमा कसैले पनि यस्तो पीडा भोग्नु नपरोस् भन्दै आफूले आर्थिक सहयोग गरेको नरेन्द्र थापाले बताए ।

धनमतीलाई अहिले अछामको बयलपाटा अस्पतालमा लगिएको छ । यदि त्यहाँ उपचार सम्भब नभए नेपालगञ्ज लिने तयारी भएको बडालले बताइन् । संकलन भएको रकम जिल्लास्थित सर्वदलिय बैठक गरेर धनमतीको बैंक खातामा जम्मा गरी उपचारमा खर्च गर्ने पनि उनले जानकारी दिइन् ।

 धनमति बढुवालको अवस्था बुझदै WHO मा कार्यरत डा. रुपेश तिमिल्सेना ।

यस्तै धनमतीको उपचारका लागि बडिमालिका नगरपालिकाका नगरप्रमुख पदम बढुवाल, WHO मा कार्यरत डा. रुपेश तिमिल्सेना लगायतले उनको घरमै पुगेर अवस्था बुझेको र उपचारमा सहयोग गर्ने जनाएका छन् ।

धनमतीका श्रीमान मानसिंह बढुवालको तीन वर्षअघि भिरबाट लडेर मृत्यु भएको थियो । अहिले उनी र उनकी दुई कक्षामा पढ्दै गरेकी छोरी चन्द्रा कुमारी बढुवाल मात्र छन् । आफ्नो खुट्टा भाँच्चिएपछि छोरीलाई पनि माइतीमा राखेको धनमतीले बताइन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com