शिक्षामा राजनीति हुनुहुन्न : पूर्व प्रधानमन्त्री देउवा


प्रकाशित मिति : बैशाख १८, २०७५ मंगलबार

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षा क्षेत्रमा राजनीति हुन नहुने बताउनुभएको छ ।

कैलालीको गोदावरी नगरपालिका, अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको नवनिर्मित भवनको आज उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री देउवाले शिक्षा क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माणसँगै गुणस्तरीय शिक्षामा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

देउवाले प्रदेश नं ७ विकासका धेरै सम्भावना रहेको क्षेत्र भएकाले विकासका लागि सबै एकजुट भएर अघि बढ्नु पर्ने बताउनुभयो ।

विश्वविद्यालय अनुदान आयोग, साविक जिल्ला विकास समिति, गेटा गाविस, मालाखेती गाविसको आर्थिक सहयोग र तत्कालीन प्रतिनिधिसभाका सदस्यको निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गतको बजेटसमेत गरी कूल रु दुई करोड ५० लाखको लागतमा उक्त भवन निर्माण गरिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा निर्माण समितिका कृष्ण खड्काले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

उक्त तीन तले उक्त भवनमा २६ कोठा रहेका छन् । स्नातकोत्तरसम्म अध्ययन अध्यापन हुने यस क्याम्पसमा एक हजार २०० विद्यार्थी रहेका छन् । विसं २०६३ मा स्थापना भएको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा हाल करीब १५० गरीब तथा जेहेन्दार छात्रछात्राले छात्रवृत्ति पाएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बन्न लागेको यो क्याम्पसमा पछिल्लो पटक फरेस्ट्री विषयको पढाइका लागिसमेत पहल थालिएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र भट्टले बताउनुभयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com