फागुन ६, चितवन । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका– २९ को दासढुंगा नजिकै आइतबार यात्रुवाहक बस पल्टिँदा १३ यात्रु घाइते भएका छन्। चितवनको नारायणगढबाट गोरखा जाँदै गरेको ग१ख ४०२१ नम्बरको बस खोरखोला भन्ने स्थानमा पल्टिएको चितवन प्रहरीले जनाएको छ। उक्त गाडीमा १९ यात्रु थिए। अन्य ६ जना भने सामान्य रहेको प्रहरीले जनाएको छ। चितवनका प्रहरी उपरीक्षक दीपक थापाले मुग्लिन सडकमा अन्य सवारी साधनलाई ओभरटेक गर्न खोज्दा बस अनियन्त्रित भई पल्टिएको जानकारी दिए। मुग्लिन–नारायणगढ सडक बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म गाडी रोकिने गरेको छ। घाइतेहरूको अहिले भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बस सडकबाट केही फिट तल खोर खोलाको किनारमा पुगेको प्रहरीले जनाएको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।