सिंचाइ मन्त्रालयका सचिव चढेको जिप त्रिशुलीमा खस्यो, सचिवसहित ३ जना बेपत्ता


प्रकाशित मिति : माघ २७, २०७४ शनिबार

सिंचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव चढेको जिप त्रिशुली नदिमा खसेको छ । काठमाडौँ आउँने क्रममा शनिबार बिहान धादिङको सलाङघाटबाट त्रिशुली नदिमा खसेको हो ।

बा २ झ ३१४० नम्बरको सिंचाइ मन्त्रालयको जिप धादिङको बेनीघाटरोलाङ गाउँपालिका-३ को सलाङघाटबाट त्रिशुली नदीमा खसेको प्रहरीले जनाएको छ । जीप खस्दा सिंचाइ मन्त्रालयका सचिव यादवसहित तीनजना बेपत्ता भएका छन् ।

हराइरहेका तीनजना मध्य सचिव यादका छोरा संजय यादव र परिचय खुल्न नसकेको एकजना किशोरी रहेको घाइते चालकले जानकारी दिएको गजुरी प्रहरीले जनाएको छ । जिपमा अरु कोरको थिए भन्ने खुलिसकेको छैन । घाइते अवस्थामा रहेका चालक निराजन यादवलाई उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com