विवाहका लागि ठिक्क परेका बेहुला बेपत्ता,फेसबुक पेजमा ‘टुमरो इज लास्ट डेट फर बालकृष्ण’ भन्ने स्टाटस


प्रकाशित मिति : माघ २६, २०७४ शुक्रबार

दयाराम आचार्य। विवाह गर्न ठिक्क परेका बेहुला बेपत्ता भएपछि बेहुला , बेहुलीका परिवारसँगै गाउँ नै चिन्तामा परेको छ

नवलपरासीको गैँडाकोट नगरपालिका –१४, अमरापुरी बस्ने २९ वर्षका बालकृष्ण खरेल विवाह हुने दिनको बिहानबाट बेपत्ता भएको परिवारले जनाएको छ ।
माघ २२ गते विवाह हुन लागेकोमा त्यसै दिन बिहानको समयबाट उनी बेपत्ता भएका हुन् ।

बालकृष्णका दाई गुरुप्रसाद खरेलकाअनुसार बालकृष्णलाई बिहान १ बजेसम्म आफन्तले घरमै भेटेका थिए । बिहान पौने ६ बजेतिर बिस्तारामा हेर्दा नदेखेपछि खोजतलास गर्दा कहिँकतै फेला परेनन । उनको अपहरण भएको हुनसक्ने आशंका परिवारले गरेको छ ।

All-focus

बालकृष्ण कतिबेला कताबाट , कसरी बाहिर गए भन्नेसम्म पनि परिवारका कसैलाई पत्तो छैन । रोजगारीका लागि स्पेनमा ९ वर्षसम्म बसेर २ महिनाअघि उनी घर फर्किएका थिए । पारिवारिक श्रोतका अनुसार उनको राजीखुसीबाट नै डेढ महिनाअघि नै विवाह पक्का गरिएको थियो ।

प्रहरीकोमा भोलिपल्ट खोजतलासको लागि उजुरी दिएको भए पनि खोजीका लागि कुनै पहल नभएको भन्दै परिवारसहित गाउ“लेले प्रहरी कार्यालय नवलपुरमा शुक्रबार ध्यानकर्षण गराएका छन् । उनीहरुले कावाासोतीमा खोजीका लागि दबाव र्यालीसहित जिल्ला प्रशासन कार्यालय नवलपुरमा धर्ना समेत दिएका छन् ।
प्रहरीले भने केन्द्रबाट नै घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

फेसबुक पेजमा ‘टुमरो इज लास्ट डेट फर बालकृष्ण’ भन्ने स्टाटस
उनको मोबाइलको सिम निकालिएको तर फेसबुक पेज र म्यासेञ्जर भने अनलाइन देखाइरहेको दाइ गुरुप्रसादले बताउनुभयो ।

दाइका अनुसार बिहीबार राति उनका स्पेनमा रहेका साथी दिपक कंडेललाई म्यासेञ्जरमा बालकृष्णको म्यासेञ्जरबाट २ पटकसम्म फोन गयो र काटियो, साथीले रिप्लाई गर्दा फोन उठेन र दिपकले अर्को साथीको म्यासेञ्जरबाट फोन गर्दा फोन उठ्यो, साथीले बालकृष्ण कहाँ छन् भनेर सोध्दा उताबाट हिन्दी भाषामा ‘बालकृष्ण यहा नहिहे’ भन्ने जवाफआयो , फेरि साथीले फोन गरे फोन उठ्यो फेरि हिन्दिभाषामा ‘एक दो दिन मे कुछ कर्ना हे बालकृष्ण के’ भन्ने जवाफदियो र फोन काट्यो त्यसको केही बेरमा नै बालकृष्णको फेसबुक पेजमा ‘टुमरो ईज लास्ट डेट फर बालकृष्ण’ भन्ने स्टाटस पोष्ट भएको छ ।

उनको फेसबुकको स्टाटस हेर्दा उनी अपहरणमा परेको नै आशंका गरिएको छ । उनको फेसबुक उनले नभएर अपहरणकारीले चलाएको हुन सक्ने पनि आशंका गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com