नर्कमा बसेको ४ वर्ष भयो हरेक दिन कम्तिमा ३० जनाले बलात्कार गर्छन


प्रकाशित मिति : माघ १४, २०७४ आईतबार

२०१५ मा मानव तस्करहरुसँग फसेकी यी २४ बर्षीय युवतीले संसारलाई नै अचम्मित बनाउने घटनाको खुलाशा गरेकी थिइन् । मेक्सिकोकी कार्ला जैसिन्टोको अनुसार, उनलाई ४ बर्षमा ४३ हजार पटक बलात्कार भएको थियो । उनले ४ बर्षसम्म हरेक दिन ३० जना पुरुषबाट बलात्कृत हुनुपरेको थियो । जुन खबर विश्वभरीका मिडियाहरुले सार्वजनिक गरेका थिए ।

२४ बर्षकी मेक्सिकन युवति कार्लालाई २००८ मा एक एन्टी(ट्राफिकिंग अपरेशनमा प्रस्टिट्यूशनबाट निकालिएको थियो । केहि समयपछी उनले आफुमाथि भएको दर्दनाक स्थितिको खुलाशा गर्दै भनिन् – ”४ बर्षसम्म हरेक दिन कम्तिमा पनि ३० जनाले बलात्कार गर्थे मलाई ।’

एउटा टेलीभिजनलाई आफ्नो नारकीय स्थितिको बिषयमा बोल्दै कार्लाले भनेकी थिइन् कि ‘१२ देखि १६ बर्षको उमेरमा म ४३ हजार पटक बलात्कृत बनें । यति मात्र नभई मलाई दैनिक कम्तिमा ३० पुरुषसँग सुत्नुपर्थ्यो’ । यस्तो अवस्थामा उनि जब रुन्थिन तब उनलाई प्रयोग गर्नेहरु हास्ने गर्थे ।

कार्लाको अनुसार १२ वर्षमै उनि आफ्नो परिवारकै कारण पहिलो पटक बलात्कारको सिकार बनिन्, त्यसपछी उनको जिन्दगि नर्कमा धकेलियो । कार्लाको अनुसार मेक्सिकोमा हरेक बर्ष २० हजार महिला मानव तस्करको फन्दामा पर्ने गर्छन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com