नारायणकाजी भन्छन्–‘सरकार गठनअघि नै एमाले–माओवादी एकता हुन्छ


प्रकाशित मिति : माघ १३, २०७४ शनिबार

गोरखा : नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकार गठन पहिले नै पार्टी एमालेसँग एकता हुने बताएका छन्। शनिबार गोरखा सदरमुकामस्थित एमाले पार्टी कार्यालयमा दुवै पार्टीका कार्यकर्ताहरूसँग संयूक्त रूपमा चुनावी समीक्षा गर्दै श्रेष्ठले यस्तो बताएका हुन्।

‘फागुनमा नयाँ सरकार बनाउने तयारी त छँदै छ। गोरखालाई लालकिल्ला त बनाउन त सकिएन। तर संघीय सरकार र प्रादेशिक सरकार वाम गठबन्धनकै बन्ने पक्का छ’ , उनले भने, ‘म पार्टी एकता संयोजन समितिको पनि भएकोले के भन्छु भने फागुनमा दुई पार्टीको एकता भएको घोषणा गरेर सरकार गठन प्रक्रियाका साथ हामी गृहकार्य गरिरहेका छौँ।’  उनले सरकार गठनअघि पार्टी एक नभए पार्टी एक हुने पक्का भएपछि सरकार गठन हुने समेत प्रष्ट पारे।

‘कथमकदाचित सरकार गठनअघि पार्टी एक भएको घोषणा गर्न सकिएन भने पनि बैचारिक राजनितिक लाइनको आधारमा, यो सरकारको संगठनात्मक नितीको आधारमा पार्टी एक हुने पक्का भयो भन्ने गरेर सरकार गठन पछि पनि गर्न सक्छौँ। तर पार्टी एक हुन्छ’, उनले भने, ‘सरकार गठन गर्ने ठाउँमा हामी पुगेको भएर सरकार त गठन गर्नै पर्‍यो नि!’ उनले पार्टी एक हुन नदिन र भाँड्न विभिन्न शक्तिहरूले लागेको बताए। ‘हामी एक हुन नदिन यसलाई भत्काउन, भाँड्न विभिन्न शक्तिहरू लागि परेका छन्। तर हामी पार्टी एक गरेरै शहिद र जनताको सपना पूरा गरेर समृद्ध नेपाल बनाउने नै छौँ।’ उनले दुवै पार्टीभित्र गुट–उपगुट रहेको बताउँदै त्यसको अन्त्य र विभिन्न संगठनको समायोजन कसरी गर्ने भन्ने तयारीमा दुवै पार्टीभित्र छलफल भएको बताए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com