प्रदेशका भीआइपीलई चाहिने भयो तत्काल दुईसय गाडी


प्रकाशित मिति : माघ ११, २०७४ बिहीबार

प्रदेशमा आएका र आउने भीआईपीका लागि तत्काल करिब दुई सय गाडी आवश्यक पर्ने भएको छ । प्रदेश प्रमुखको कार्यालयमा रहने सचिव, सहसचिवलाई समेत गरी करिब दुई सयवटा गाडी व्यवस्थापन गर्नु परेको हो ।

एकै पटक ठूलो संख्यामा गाडी किन्नु परेपछि सात प्रदेश प्रमुखलाई बल्ल बल्ल स्कोर्पियो गाडी खोजेर पठाएको गृहमन्त्रालय सकसमा परेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

भीआईपीको गाडी व्यवस्थापन गर्ने जिम्मेवारी पाए पनि अहिले गृहसँग स्टक गाडी छैन ।

केही सयमभित्रै सातै प्रदेशमा आउने मुख्यमन्त्री, मुख्यमन्त्रीको कार्यालयमा रहने प्रमुख सचिव, सचिव र तीनजना सहसचिवलाई गरी कम्तीमा ४५ वटा, प्रदेशका सात मन्त्रालयका मन्त्रीलाई कम्तीमा ४९ तथा सचिवलाई ४९ वटै गाडी चाहिने गृहले जनाएको छ ।

सातै प्रदेशमा सभामुख र उपसभामुखलाई गरी १४ वटा गाडी चाहिने भएको छ । प्रदेशसभा सञ्चालन गर्ने सचिव तथा कर्मचारीका लागि पनि दर्जनौं गाडी चाहिने गृहको निष्कर्ष छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com