पार्टी एकता आइतबार बैठकमा टुंगिने:ओली–प्रचण्ड वार्ता


प्रकाशित मिति : माघ ५, २०७४ शुक्रबार

शुरोजंग पाण्डे काठमाडाैँ |एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा सदस्य सिट बाँडफाँट टुंगो लगाएका छन् । बालकोटस्थित ओली निवासमा भएको भेटवार्तामा दुई नेताबीच वाम कार्यदलले टुंगो लगाएको सिट बाँडफाँटलाई अन्तिम रुप दिने समझदारी भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए ।

‘कार्यदलले राष्ट्रियसभा गठनका विषयमा दिएको प्रतिवेदनमा व्यापक छलफल भएको र त्यसलाई आवश्यक परेमा सामान्य हेरफेर गरेर अन्तिम रुप दिने निर्णय भएको छ ।’ भेटवार्तापछि अधिकारीले भने । कार्यदलले राष्ट्रियसभामा एमालेले २९ र माओवादी केन्द्रले १४ सिटमा उम्मेदवारी दिने टुंगो लगाएको थियो ।

आइतबार एकता संयोजनको बैठक

दुई घण्टा भएको छलफलमा ओली र प्रचण्डबीच प्रदेश सरकार गठन र पार्टी एकताका विषयमा पनि छलफल भएको छ । दुवै विषयलाई अन्तिम रुप दिन शनिबार पुनः दुई अध्यक्षबीच थप गृहकार्य हुने र आइतबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने निर्णय भएको अधिकारीले जानकारी दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com