राष्ट्रसङ्घको महासभा सम्पन्न


प्रकाशित मिति : आश्विन १२, २०७३ बुधबार

विश्वभरका शीर्ष नेताकाबीचमा उच्चस्तरीय छलफल गर्दै संयुक्त राष्ट्रसङ्घको ७१औं वार्षिक महासभा सोमबार सम्पन्न भएको छ । नेताहरुले जलवायु परिवर्तन, सिरियाली द्वन्द्व समाधान र आप्रवासी समस्याका साथसाथै विकास र शान्तिका बारेमा छलफल गरेका छन् ।

महासभामा विश्वका १४० भन्दाबढी देशका नेताले सम्वोधन गरेका छन् । सम्वोधन “दिगो विकास लक्ष्य हाम्रो पृथ्वीलाई रुपान्तरण गर्ने विश्वव्यापी वलिष्ठ प्रयास”मा केन्द्रीत भएको थियो ।

विश्वका १९३ देशहरु सदस्य रहेका विश्वव्यापी संस्थाको रुपमा राष्ट्रसङ्घ रहेको छ । यो अन्तर्राष्ट्रिय विषयमा छलफल तथा काम गर्ने विलक्षण मञ्च पनि भएको छ । राष्ट्रसङ्घको महासभा हरेक वर्षको सेक्टेम्वरदेखि डिसेम्वरको बीचमा नियमितरुपमा हुने गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com