भ्रष्टाचारका आरोपीलाई ५० लाख धरौटीमा रिहा


प्रकाशित मिति : मंसिर ११, २०७४ सोमबार

११ मंसिर, काठमाडौं । यातायात व्यवस्था कार्यालय, कोशी इटहरीमा भएको ६१ करोड रुपैयाँ अनियमिततामा संलग्न आरोपित टिकाराम अधिकारी ५० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

विशेष अदालतको आइतवारको थुनछेक आदेशले कारागार चलान भएका अधिकारी एक दिनपछि ५० लाख धरौटी बुझाएर सोमवार साधारण तारेकमा रिहा भएका हुन् ।

आइतवार अदालतका न्यायाधीशत्रय बाबुराम रेग्मी, चण्डीराज ढकाल र नारायणप्रसाद ढकालको संयुक्त इजलासले उनीविरुद्ध ५० लाख रुपैयाँ धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकेपछि डिल्लीबजार कारागार चलान भएका थिए । सोमवार उक्त धरौटी रकम बुझाएपछि रिहा भएका अदालतका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राजस्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध ५७ करोड २५ लाख रुपैयाँ बिगो दाबीसहित गत ४ असारमा मुद्दा दायर गरेको थियो ।

तत्कालीन लेखा अधिकृत अधिकारीसहित कार्यालयका आठ जना कर्मचारीविरुद्ध गत ४ असारमा आयोगले अदालतमा मुद्दा दायर गरेको थियो । संलग्न अधिकारीहरूले कुल ६१ करोड २१ लाख रुपैयाँ राजस्व हिनामिना गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

अनियमिततामा संलग्न रहेका आरोपित अन्य अधिकारीहरू भने अझै बयानका लागि अदालतमा उपस्थित भएका छैनन् ।

अख्तियारले अनियमिततामा संलग्न रहेको भन्दै कार्यालयका उपसचिवत्रय रमेशप्रसाद दाहालसँग १२ करोड ३० लाख, विष्णुप्रसाद पौडेलसँग २३ करोड ७७ लाख र नयराज नेपालसँग २५ करोड १३ लाख रुपैयाँ बिगो दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो ।

सोही अनियमितताका आरोपित लेखा अधिकृत कुमारबहादुर कटवालसँग २ करोड १४ लाख, लेखापालहरू सुरेश अधिकारीसँग ६१ करोड २१ लाख, देवराज नेपालसँग ४५ करोड ६१ लाख र रुद्रप्रसाद दाहालसँग पनि अख्तियारले २१ करोड ६३ लाख रुपैयाँ बिगो कायम गर्दै अदालतमा मुद्दा दायर गरेको थियो ।

आरोपितमध्ये उपसचिवद्वय दाहाल र पौडेलले भने अझै म्याद बुझ्न अस्वीकार गरेको अदालतले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com