सिन्धलीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु


प्रकाशित मिति : कार्तिक २०, २०७४ सोमबार

कात्तिक २०, सिन्धुली – सिन्धुलीको । फिक्कल गाउँपालिका ४ को तर्केनीवशीमा जीप दुर्घटनामा चार जनाको ज्यान गएको छ । गएराति बा ७ च ३६९५ बोलेरो जीप दुर्घटना हँुदा पिक्कल ४ का चार जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा ४० वर्षीय अमरबहादुर दर्लामी, रामप्रसाद बराल, ५९ वर्षीय दिलबहादुर र ६० वर्षीय नरबहादुर बलमपाखीको मृत्यु भएको हो । सिन्धुलीका प्रहरी उपरीक्षक टिकाबहादुर केसीले बताएका छन् । दुर्घटनामा धनबहादुर मगर गम्भीर घाइते भएका छन् । गम्भीर धनबहादुरको काठमाडौको बीएण्डबी अस्पतालमा उपचार भइरहेको जानकारी प्रहरीले दिएको छ ।

अन्य ६ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । चालक यज्ञबहादुर रानामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com