नेपाल सरकारले फिर्ता बोलायो अमेरिकासहित ११ देशका राजदूत, कात्तिक २० गतेभित्र फर्किनुपर्ने


प्रकाशित मिति : आश्विन २९, २०८२ बिहीबार

अमेरिकामा रहेको नेपाली दूतावास । फोटो: खसोखास

नेपाल सरकारले अमेरिकासहित विभिन्न ११ देशमा रहेका आवासीय राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकासहित चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, साउदी आरब, स्पेन, बेलायत र जापानका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

उनीहरूलाई कात्तिक २० गतेभित्र नेपाल फर्किन निर्देशन दिइएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्री खरेलले भने, ,‘चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका, र जापानका लागि नेपाली आवासीय राजदूतहरूको रूपमा कार्यरत नेपाली राजदूतहरूलाई २०८२ कात्तिक २० गतेभित्र नेपाल फर्किन सक्ने गरी फिर्ता बोलाउने निर्णय भएको छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकारले फिर्ता बोलाएका नेपाली राजदूतहरूमा अमेरिकाका लागि नेपाली राजदूत लोक दर्शन रेग्मी, बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे, जापानका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदी, रुसका लागि नेपाली राजदूत जङ्गबहादुर चौहान र स्पेनका लागि नेपाली राजदूत सनिल नेपाल रहेका छन् ।

यस्तै, चीनका लागि नेपाली राजदूत  प्राध्यापक डाक्टर कृष्ण प्रसाद ओली, जर्मनीका लागि नेपाली राजदूत शैल रुपाखेती, इजरायलका लागि नेपाली राजदूत प्राध्यापक धनप्रसाद पण्डित,  कतारका लागि नेपाली राजदूत रमेश चन्द्र पौडेल, साउदी अरबका लागि नेपाली राजदूत नरेश विक्रम ढकाल र मलेसियाका लागि नेपाली राजदूत डाक्टर नेत्र प्रसाद तिमिल्सिना रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com