नेपालको प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति पौडेलको निर्णय, नयाँ निर्वाचन आगामी फागुन २१ गते


प्रकाशित मिति : भाद्र २६, २०८२ शुक्रबार

तस्वीरमा राष्ट्रपति रामचन्द्र पौडेलसहित उपराष्ट्रपति रामसहायप्रसाद यादव,अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका छन् । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले शुक्रबार सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधि सभा विघटन गरेका हुन् ।

राष्ट्रपति कार्यालयका उपसचिव रुपेश जंग थापा मगरका अनुसार राष्ट्रपति पौडेलले शुक्रबार राती ११ बजेदेखि लागू हुने गरी वर्तमान प्रतिनिधि सभाको विघटन गरेका हुन् । “सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूको सिफारिस बमोजिम मिति २०८२ साल भदौ २७ गते शुक्रवार रातको ११ बजेदेखि लागू हुने गरी वर्तमान प्रतिनिधि सभाको विगठन गर्नु भएको छ ।”, उपसचिव मगरद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

२०७९ मा गठन भएको प्रतिनिधिसभा आफ्नो कार्यकाल पूरा नगरी विघटन भएको हो । यस्तै, आगामी फागुन २१ गतेको लागि निर्वाचनको मिति तोकिएको छ ।

कार्की शुक्रबार नै नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् । शीतल निवासमा भएको छलफलमा प्रतिनिधिसभा विघटन गर्ने विषयमा सहमति जुटेपछि कार्कीले मुलुकको बागडोर सम्हाल्न तयार भएकी थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेकी छिन् । शपथ ग्रहणपछि कार्कीले शपथको ब्यहोरा लेखिएको पत्रमा हस्ताक्षर गरेकी थिइन् ।

शपथ ग्रहणसँगै राष्ट्रपति पौडेलले कार्कीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । उनले देश सफल होस् र जनता बचोस् भन्दै शुभकामना दिएका थिए ।

राष्ट्रपति पौडेलले बधाई दिँदै भनेका थिए, “बधाई छ धेरै धेरै शुभकामना । तपाईँ सफल हुनुहोस् । देश सफल होस् । जनता बचोस् ।”

उनी नेपालको संविधानको धारा ६१ अनुसार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् । साथै, उनी नेपालको इतिहासमै प्रधानमन्त्री बन्ने पहिलो महिला पनि बनेकी छिन् ।

कार्कीले नेपालको पहिलो महिला प्रधानन्यायाधीश रूपमा इतिहास बनाइसकेकी छिन् । २०७३ साल असारदेखि २०७४ जेठसम्म उनले सर्वोच्च अदालतको नेतृत्व गरेकी थिइन् ।

गत सोमबार र मंगलबार भएको जेनजीको आन्दोलन हिंसात्मक भएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढल्न पुगेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com