प्रधानमन्त्री ओलीले दिए पदबाट राजीनामा
प्रकाशित मिति : भाद्र २३, २०८२ मंगलबार
प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : रासस
प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । सोमबारदेखि काठमाडौंमा जारी जेनजी पुस्ताको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन् ।
सोमबार भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध जेनजी पुस्ताहरूले काठमाडौंसहित देशभरका विभिन्न स्थानमा आन्दोलन गरेका थिए । उक्त प्रदर्शनमा सरकारले दमन गर्दा १९ जनाले ज्यान गुमाएका थिए ।
सरकारी दमनका कारणले १९ जनाको ज्यान गएपछि काठमाडौं उपत्यकामा लगाइएको कर्फ्युलाई तोड्दै मंगलबार जेनजीहरुले झनै आन्दोलन चर्काएका छन् । चौतर्फी दबाब र आलोचनापछि प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य भएका हुन् ।





