अमेरिकामा किन रोक्यो युनाइटेड एयरलाइन्सले उडान ?
प्रकाशित मिति : श्रावण २१, २०८२ बुधबार
युनाइटेड एयरलाइन्सले अमेरिका भरका प्रमुख विमानस्थलहरूमा उडान रोकेको छ । प्रविधिगत समस्या कारण उडान रोकिएको कम्पनीले बताएको छ ।
युनाइटेड एयरलाइन्सले “प्रविधिसम्बन्धी समस्या” का कारण अमेरिका भरका प्रमुख विमानस्थलहरूमा आफ्ना मुख्य उडानहरू स्थगित गरेको हो ।
अमेरिकी संघीय विमान प्राधिकरणको वेबसाइट अनुसार, कम्पनीका मुख्य विमानहरूका लागि प्रस्थान स्थलहरूबाट ‘ग्राउन्ड स्टप’ जारी गरिएको थियो ।
शिकागो, डेन्भर, ह्युस्टन, सन फ्रान्सिस्को र न्यु जर्सीका विमानस्थलहरूमा समस्याहरू देखिएका छन् । सुरक्षा उच्च प्राथमिकता हो, यात्रुहरूलाई उनीहरूको गन्तव्यमा पुर्याउन काम गर्नेछौ भनेर कम्पनीले बताएको छ ।
आकाशमा रहेका उडानहरू भने गन्तव्यतर्फ गएका थिए । उड्न थालेका विमानहरुलाई रोकिएको छ । यद्यपि, स्थानीय उडानहरू प्रत्यक्ष प्रभावित नभए पनि जमिनमै उडानहरू रोकिएकाले ट्राफिकको कारण ढिलाइ हुन सक्नेछ ।
युनाइटेड एयरलाइन्सका ७०० भन्दा बढी उडानहरू ढिलाइ भएका थिए। युनाइटेड एयरलाइन्स एक प्रमुख अमेरिकी विमान सेवा कम्पनी हो । यसको मुख्यालय शिकागो, इलिनोइस मा रहेको छ ।
यो विश्वकै सबैभन्दा ठूलो एयरलाइन्स कम्पनीहरूमध्ये एक हो । यसको स्थापना सन १९२६ मा भर्ने एयरलाइन्सको नाममा भएको हो । पछि यसलाई युनाटेड एयरलाइन्सको नाममा रुपान्तरण गरियो ।
३०० भन्दा बढी गन्तव्यहरुमा यसले उडान भर्ने गरेको छ । २०२४ को विवरण अनुसार कम्पनीमा कर्मचारीको संख्या ९० हजार भन्दा बढी रहेको छ । घरेलु तथा अन्तर्राष्ट्रिय दुबै उडानहरू यसले संचालन गर्छ ।
युनाइटेडले यात्रु सुविधा बढाउन मोबाइल एप, डिजिटल बोर्डिङ पास, वाईफाई, तथा व्यक्तिगत स्क्रिन जस्ता आधुनिक प्रविधिहरू प्रयोग गर्दै आएको छ । केही समय(समयमा प्रविधि समस्याहरू, ग्राहक सेवा, र उडान ढिलाइको कारण आलोचना पनि हुँदै आएको छ ।








