क्यानडाबाट आएको धुवाँले अमेरिकीहरूलाई समस्या


प्रकाशित मिति : असार २५, २०८२ बुधबार

फोटो: एटियेन लोरेन्ट / एएफपी)

क्यानडाबाट आएको धुवाँले अमेरिकीहरूलाई समस्या पुराएको भन्दै कङ्ग्रेस सदस्यहरूले गुनासो गरेका छन ।

क्यानडामा लागेको डढेलोबाट आएको धुवाँले अमेरिकाका विभिन्न क्षेत्रमा गर्मीयामको मजा लिन कठिन बनाएको भन्दै अमेरिकी कङ्ग्रेसका छजना सदस्यहरूले क्यानडाको दूतावासलाई पत्र लेखेका छन्।

‘गर्मीको सुरुवातमै क्यानडाली डढेलोको धुवाँले अमेरिकी जनतालाई सास फेर्न गाह्रो परिरहेको छ,’ भन्दै उनीहरूले क्यानडाकी राजदूत किर्स्टेन हिलम्यानलाई सम्बोधन गर्दै पत्र लेखेका हुन् ।

वासिङ्टन डीसीस्थित क्यानडाली दूतावासकी प्रवक्ता टारिन एलियटले डढेलोको रोकथाम, प्रतिक्रिया र न्यूनीकरणलाई अत्यन्त गम्भीरतापूर्वक लिएको बताइन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले पत्र प्राप्त भइसकेको छ र सम्बन्धित क्यानडाली निकायहरूसँग साझा गरिएको बताइन । क्यानडामा हरेक गर्मीयाममा डढेलोको समस्या हुने गर्दछ ।

सन् २०२३ हालसम्मकै सबैभन्दा खराब वर्ष रहेको थियो । जसमा ८ जनाको मृत्यु भएको थियो । इङ्ल्यान्डभन्दा ठूलो क्षेत्रफल आगलागीबाट प्रभावित बनेको थियो ।

क्यानडेली इन्टरएजेन्सी फरेस्ट फायर सेन्टरका अनुसार, यस वर्ष अहिलेसम्म २हजार६७२ वटा डढेलोका घटना भइसकेका छन् ।

विशेष गरी मे र जुन महिनामा सास्केचवान र म्यानिटोबा प्रान्तहरूमा ठूलो असर परेको थियो । जहाँ करिब ३०हजार मानिसहरूलाई विस्थापित गरिएको थियो।

क्यानडाको प्राकृतिक स्रोत मन्त्रालयका अनुसार, डढेलोहरू वन पुनर्जननको प्राकृतिक चक्रको हिस्सा हुन् । डढेलोको धेरैजसो कारण बिजुलीको चम्काइ हो।
सन् २०२३ मा ९३ प्रतिशत डढेलो बिजुलीका कारण भएको क्यानडाली जलवायु संस्थानले जनाएको छ।

वैज्ञानिकहरूले जलवायु परिवर्तनलाई डढेलोको तीव्रता बढ्नुको प्रमुख कारण मानेका छन् । क्यानडा, विश्व औसतभन्दा दोब्बर गतिमा तातिरहेको देश हो । यसको आर्कटिक क्षेत्र तीन गुणा बढी गतिमा तातिरहेको वैज्ञानिकहरूले बताएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com