क्याटलन मतकेन्द्र प्रहरीको ‘नियन्त्रणमा’


प्रकाशित मिति : आश्विन १५, २०७४ आईतबार

स्पेनमा प्रहरीले त्यहाँको उत्तरपूर्वी क्याटालोनियामा आइतबार हुन लागेको स्वतन्त्रतासम्बन्धी जनमत संग्रह रोक्नका लागि प्रयासहरु तीब्र बनाएको छ।

कैयौं मतकेन्द्रहरु प्रहरी अधिकारीहरुले बन्द गरिदिएका छन्।

स्पेनको केन्द्रीय सरकार उक्त जनमत संग्रहलाई गैरकानूनी ठान्छ।

मतदान केन्द्रका रुपमा तोकिएका २३सयभन्दा बढी विद्यालयमध्ये १३ सयजति प्रहरीले बन्द गरिदिएका हुन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीले क्षेत्रीय सरकारको सञ्चार केन्द्रमा नियन्त्रण जमाएको छ।

पहिचान

७५ लाख मानिस बस्ने क्याटालोनिया धनी क्षेत्र मानिन्छ। त्यहाँको आफ्नै खालको भाषा र संस्कृति छ।

त्यहाँ अहिलेपनि धेरै हदसम्म स्वायत्तता छ।

तर स्पेनी संविधान अन्तर्गत त्यसलाई छुट्टै मुलुकको रुपमा मान्यता दिइएको छैन।

क्याटालनस्वतन्त्रता पक्षधर कैयौंले मतदान केन्द्रहरु पहिलेनै ओगटेर बसेका छन्।

आइतबारको मतदानमा दशौं हजार मानिस सहभागी हुने अपेक्षा गरिएको छ।

उक्त मतदानलाई स्पेनी संवैधानिक अदालतले अवैधानिक घोषणा गरिसकेको छ।

कब्जा

केन्द्रीय सरकारका निकायहरुले मतदान रोक्न हजारौं प्रहरी पठाएको छ।

उनीहरुलाई क्याटालोनियाका क्षेत्रीय प्रहरीले सहयोग गरिरहेका छन्।

प्रहरी अधिकृतहरुले मतपत्र जस्ता वस्तु पनि कब्जामा लिएका छन्।

अभियोजनकर्ताहरुले मतदानसम्बन्धी वेबसाइट बन्द गर्न र जनमत संग्रह आयोजना गर्ने अधिकारीहरुलाई पक्रन आदेश दिएका छन्।

क्याटलन नेताहरुले जनमतसंग्रह पूर्वनिर्धारित योजना अनुसार नै अगाडि बढ्ने बताएका छन्।

BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com