रुस-अमेरिका सम्बन्ध सुधारको प्रारम्भिक चरणमा : क्रेमलिन प्रवक्ता पेस्कोभ


प्रकाशित मिति : फाल्गुन २६, २०८१ सोमबार

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुस र अमेरिका आफ्नो द्विपक्षीय सम्बन्ध पुन:र्स्थापना गर्ने प्रारम्भिक चरणमा रहेको बताएका छन् ।

उनले दुवै देशका राष्ट्रपतिहरू द्विपक्षीय सम्बन्ध पुनर्स्थापना गर्ने दिशामा अगाडि बढ्न राजनीतिक इच्छाशक्ति देखाएको बताएका हुन् ।

दैनिक समाचार ब्रिफिङमा उनले भने, “यो लामो र कठिन यात्रा हुनेछ, तर कम्तीमा पनि दुवै राष्ट्रपतिहरूले यस दिशामा अगाडि बढ्न राजनीतिक इच्छाशक्ति देखाएका छन्।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछि अमेरिकी तथा रुसी राष्ट्रपतिबीच एक पटक मात्र टेलिफोन वार्ता भएको उनले स्पष्ट पारेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्रेमलिन प्रवक्ताका अनुसार उक्त वार्ता “समस्याहरू समाधान गर्न र सम्पर्कमा रहने हिसाबले पर्याप्त रूपमा निर्माणात्मक” भएको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com