अमेरिकामा दादुराको प्रकोप बढ्दो


प्रकाशित मिति : फाल्गुन २०, २०८१ मंगलबार

अमेरिकी सेन्टर फोर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी)ले सन् २०२३ को अन्त्ययता बालबालिकामा दादुराको जोखिम बढ्दै गएको चेतावनी दिएको छ ।

अमेरिकाको दोस्रो ठूलो राज्य टेक्सासमा दादुराका करिब १६० घटना फेला परेका छन् । यो प्रकोप महिनौंसम्म रहन सक्ने चेतावनी राज्यका स्वास्थ्य अधिकारीहरूले दिनुभएको छ ।

टेक्सास राज्य स्वास्थ्य सेवा विभागका अनुसार सप्ताहन्तमा टेक्सासमा एक दर्जन दादुराका घटनाहरू पत्ता लगाइएको जनाएको छ ।

सोमबार अस्टिनमा जनस्वास्थ्य समितिसँगको सुनुवाईको क्रममा राज्य स्वास्थ्य विभागका आयुक्त डा. जेनिफर शुुफोर्डले घटनाहरू नौ काउन्टीहरूमा फैलिएको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“हामीलाई थाहा छ कि पछिल्लो १० वर्षमा संयुक्त राज्य अमेरिकामा देखा परेका अन्य प्रकोपहरू महिनौंसम्म चलेका छन् । केही साढे दुई महिनासम्म चलेका छन्, तर न्यूयोर्कमा साढे १० महिनासम्म चलेको थियो ,” शुफोर्डले थप्नुभयो ।

पहिलो दुई केसहरू जनवरीको अन्तमा पहिचान गरिएको र त्यसबेलादेखि संख्या बढ्दै गएको छ ।

सबै केसहरू खोप नगरिएका व्यक्तिहरूमा रहेका छन् । धेरै जसो केसहरू ५ देखि १७ वर्ष उमेरका बालबालिकामा छन् ।

टेक्सासले फेब्रुअरी २६ मा दादुराको प्रकोपबाट अमेरिकामा पहिलो मृत्युको रिपोर्ट गरेको थियो । यो केस खोप लगाएका विद्यालय जाने उमेरका बच्चाको थियो ।

दादुरा एक अत्यधिक सङ्क्रामक श्वासप्रश्वास रोग हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com