यूएसएआईडीका सबै विदेशी मिशन बन्द गर्न निर्देशन, शुक्रबारसम्म सबै कर्मचारीलाई फिर्ता बोलाउनु पर्ने


प्रकाशित मिति : माघ २२, २०८१ मंगलबार

अमेरिकाको अन्तर्राष्ट्रिय विकास एजेन्सी (यूएसएआईडी) का सबै विदेशी मिशनहरू बन्द गर्न निर्देशन दिइएको छ । त्यहाँ कार्यरत सबै कर्मचारीलाई शुक्रबारसम्म फिर्ता बोलाउन आदेश जारी गरिएको छ ।

एजेन्सीका नयाँ उपप्रमुख पिट मरोकोले मंगलबार अमेरिकी विदेश मन्त्रालयको नेतृत्वसँग भेट गरेका थिए । उनले अमेरिकी सहयोग नियोग (यूएसएआईडी) का कर्मचारीलाई विश्वभरका आफ्ना देशहरूबाट शुक्रबारसम्म फिर्ता ल्याउन निर्देशन दिएका छन ।

यदि अमेरिकी विदेश मन्त्रालयले दिएको निर्देशनलाई पालना नगरेमा कर्मचारीहरूलाई अमेरिकी सैन्य लगाएतर निकाल्ने प्रक्रिया सुरु गर्ने सम्मको तयारी भएको बताइएको छ ।

यूएसएआईडी ले १०० भन्दा बढी देशमा मानवतावादी सहयोग प्रदान गर्दै आएको छ । आपतकालीन राहत, स्वास्थ्य र चिकित्सा सहायता, र आपतकालीन खाद्य कार्यक्रमहरू यसमा समावेश छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यूएसएआईडीमा १० हजार भन्दा बढी कर्मचारी छन् । जसमा लगभग दुई तिहाइ कर्मचारी विदेशी देशहरूमा कार्यरत छन् । एजेन्सीले ६० भन्दा बढी देश र क्षेत्रीय मिशनहरू सञ्चालन गर्दै आएको छ । ट्रम्प प्रशासनले यूएसएआईडी लाई लक्षित गरेको छ ।

सन १९६१ मा गरिबी हटाउने, लोकतन्त्र मजबुत बनाउने, र मानव अधिकार र वैश्विक स्वास्थ्यको संरक्षण गर्ने उद्देश्यले यूएसएआईडी स्थापना गरिएको थियो । एलोन मस्कले यो संस्थालाई सुधान गर्न नसकिने भएकाले बन्द गर्ने निर्णय गर्नुपरेको बताएका छन ।

आर्थिक वर्ष २०२३ मा यूएसएआईडी ले ४० अर्ब डलरभन्दा बढीको अनुदान प्राप्त गरेको थियो । रिसर्च सेवाका अनुसार, जुन कुल संघीय बजेटको १ प्रतिशत भन्दा कम हो ।

अधिकांश बजेट शासकीय कार्यक्रमहरूमा खर्च गरिएको थियो । जसको उद्देश्य लोकतान्त्रिक शासन निर्माण र सुदृढ पार्नु हो । २०२३ मा सबैभन्दा बढी पैसा प्राप्त गर्ने देशहरू युक्रेन, इथियोपिया र जोर्डन थिए।

अमेरिकी सहयोग नियोग (यूएसएआईडी) मार्फत आउने अनुदान निलम्बित हुँदा नेपालमा सबैभन्दा बढी असर बजेटबाहिरबाट सञ्चालित कार्यक्रममा परेको छ ।

बजेटमा समावेश हुने गरी अमेरिकी अनुदानका कार्यक्रम नेपालमा निकै कम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।

यूएसएआईडीले नेपाल सरकारसँग पछिल्लो पटक २०२२ मे १५ मा ६५ करोड ९० लाख अमेरिकी डलर अनुदान दिने ५ वर्षे रणनीतिक साझेदारीसम्बन्धी सहमति गरेको थियो ।

अमेरिकाले सन् २०२३ मा १ सय ७६ देशलाई ६८ अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग प्रदान गरेको थियो । अमेरिकाले अनुदान दिने मुलुकहरूको सूचीमा नेपाल १६ औं स्थानमा छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com