न्युयोर्क सिटीमा अब लोसारका दिन अल्टरनेट साईड पार्किङमा छुट


प्रकाशित मिति : माघ ११, २०८१ शुक्रबार

न्युयोर्क सिटी काउन्सिलले लोसार पर्वको दिनमा अल्टरनेट साइड पार्किङ नियम निलम्बन गर्ने भएको छ। अर्थात् उक्त दिन चालकले आफ्नो कारलाई सडकको सहि छेउमा लैजाने बारे चिन्ता लिनु पर्नेछैन । अल्टरनेट साइड पार्किङको नियमले तोकिएको समयमा सडक सफा गर्न अनुमति दिन कारहरूलाई सडकको एक छेउमा पार्क गर्न अनुमति दिन्छ । निश्चित विदा, मौषम र आपतकालिन अवस्थामा भने अल्टरनेट साइड पार्किङको नियम निलम्बन गरिने भएकाले कार पार्क गर्न सहज हुन्छ ।

सिटी काउन्सिल सदस्य जुली वनले दर्ता गरेको बिधेयक बिहिबार सिटी काउन्सिलबाट सर्वसम्मत पारित भए पछि हिमाली समुदायको प्रमुख चाड लोसार पनि न्युयोर्क सिटीको अल्टरनेट साइड पार्किङमा छुट दिने चाडको रुपमा सुचिकृत हुन पुगेको छ। न्युयोर्क शहरको फोहोर मैला प्रवन्ध बिभागले दैनिक सरसफाई गर्दाका क्रममा सडकमा पार्क गरेका गाडीहरु हटाउनु पर्ने नियम छ । तर अब देखि लोसारको पहिलो दिनमा सडकमा पार्क गरेको गाडी हटाउने झन्झट नभएको हुनाले ढुक्कै सँग गाडी पार्क गरेर लोसार मनाउन पाइने भएको छ।

सिटी काउन्सिलको बैठक पछि काउन्सिल सदस्य जुली वन र हिमाली समुदायले सिटी काउन्सिलको प्रांगणमा ऐतिहासिक विजयोत्सव र्‍यालीको आयोजना गरेको थियो। धेरै परिषद सदस्यहरूका साथमा लोसार मनाउने समुदायका करीब २०० सदस्यहरू यस ऐतिहासिक उत्सबमा उपस्थित थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उपस्थित हिमाली समुदायलाई संबोधन गर्दै काउन्सिल सदस्य जुली वोनले भनिन् -“न्युयोर्क सिटीमा नेपाल, तिब्बत, भुटान, मंगोलिया, भारत, र अन्य देशहरूबाट आएका बौद्धहरूका लागि पहिलो र एकमात्र अल्टरनेट साइड पार्किङ छुट्टी हो। मेरो डिस्ट्रिक्ट र न्यूयोर्क शहर भरिका ६१,००० भन्दा बढी न्यूयोर्कवासीहरूले तिब्बती बौद्ध नयाँ वर्ष लोसार मनाउँछन्। यो ऐतिहासिक बिल तिब्बती र हिमाली समुदायको लागि पहिलो र विशिष्ट अल्टरनेट साइड पार्किङ चाड हो। हाम्रो तिब्बती र हिमाली समुदायको लागि यो बिल कोसेढुङ्गा पनि हो। हिमाली समुदायसँग लोसार मनाउन पाउँदा र उनीहरूको सँस्कृति सम्मान गर्न पाउँदा मलाई गर्वको अनुभूति भएको छ।”

कार्यक्रममा सिटी काउन्सिल यातायात समितिका अध्यक्ष सेलभिना ब्रुक्स पावर, काउन्सिल मेम्बर शेखर कृष्नन, काउन्सिल मेम्बर नार्सिस मर्सिडिस्, काउन्सिल मेम्बर लिन्डा ली लगायत नेपाली, तिब्बती र अन्य हिमाली समुदायका प्रतिनिधिहरु गेशे टाशी दोर्जे, एकाम्पनी क्यापिटलका कार्यकारी निर्देशक याङ्की छिरिङ्, दोखाम क्षुशी गाङड्रुकका अध्यक्ष नोर्बु ल्हामो, न्यूयोर्क न्युजर्सी तिब्बती समुदायका अध्यक्ष नुर्बु छोजुङ, शेर्पा किदुगका महासचिव साङ दोर्जे शेर्पा, गुरुङ तमु समाजका अध्यक्ष ओम गुरुङ र भुटानीज कम्युनिटीका अध्यक्ष उलप लेकी, एनएसएसपीका अध्यक्ष दालामु शेर्पाले पनि संबोधन गरेका थिए। तिब्बती साँस्कृतिक मामला संबन्धी निर्देशक डोल्मा रिन्जिनले परम पावन दलाई लामा र तिब्बती निर्वासित सरकारका सन्देश पढेर सुनाएका थिए। कार्यक्रममा हिमाली सिंह नाच र तिब्बती परम्परागत नामतर गाना पर्स्तुत गरिएको थियो ।

यो लोसार बिधेयकलाई काउन्सिल मेम्बर जुली वन सहित कूल ४० को स्पोन्सरहरुको व्यापक समर्थन रहेको थिसो । जसमा न्युयोर्कका पाँच बोरोहरू मध्ये क्वीन्स, ब्रुकलिन, र म्यानहट्टन बोरो अध्यक्षहरूका ३७ काउन्सिल सदस्यहरू रहेका छन्। बिहिबारको सिटी काउन्सिलको बैठकमा उपस्थित ४८ जना सदस्यहरुको सर्वसम्मतिबाट यो बिल पारित भएको थियो ।

न्युयोर्कको शेर्पा किदुग लगायता संघ संन्थाहरुले सन् २०१७ देखि लोसार चाडलाई पहिचान दिलाउने अभियान थालेका थिए। यो उपलब्धि गाडी पार्क गर्ने सुबिधामा मात्रै सिमित नभएको तथा यसले आफूहरुको पहिचान, सँस्कृति र बढ्दो जनसंख्याका साथै न्युयोर्क नगरमा हाम्रो बलियो उपस्थितिलाई पनि संबोधन गरेको महसुस भएको न्युयोर्कको शेर्पा किदुगका पूर्व अध्यक्ष तथा शेर्पा समुदायका सामाजिक कार्यकर्ता उर्गेन शेर्पाले बताए ।

हिमाली चन्द्र पात्रोको पहिलो दिन देखि १५ दिन सम्म मनाइने लोसार हिमाली समुदायको प्रमुख चाड हो। हर्ष र उल्लासको वातावरणमा नयाँ वर्षको शुभारम्भ गर्ने पर्व हो । लोसारको पहिलो दिन परम्परागत रूपमा घरमै बसेर परिवारसँग रमाइलो वातावरणमा मनाइन्छ । दोस्रो दिनदेखि १५ दिन सम्म गुम्बामा गई शान्ति पुजा गर्ने, ठुलाबडा र मान्यजनहरु सँग भेटेर आशीर्वाद ग्रहण गर्ने र एक अर्कामा शुभकामना र कोशेली साटासाट गर्ने गर्दछन् । चाडको पुरै अवधि भोज भतेर, नाचगान र मनोरन्जनमा बित्दछ । यस वर्षको लोसार फेब्रुअरी २८ को दिन परेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com