अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजरायलमा, नेताहरूसँग भेटघाट गर्ने


प्रकाशित मिति : भाद्र २, २०८१ आईतबार

US Secretary of State Antony Blinken gestures upon his arrival at Cairo airport, on June 10, 2024. Blinken arrived in Egypt at the start of a regional tour to push for a much awaited Gaza ceasefire between Israel and Hamas. (Photo by Amr Nabil / POOL / AFP)

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन आइतबार इजरायल आउनुभएको छ । मध्यस्थहरूले गाजा युद्धविराम सम्झौतालाई बलियो बनाउन खोजिरहेका समय शनिबार हमासका एक वरिष्ठ अधिकारीले वार्तामा ‘अमेरिकी निर्देशन’ स्वीकार्य नहुने बताएका थिए ।

अक्टोबर ७ मा प्यालेस्टिनी लडाकू समूहको आक्रमणपछि गाजा युद्ध सुरु भएयता मध्यपूर्वको नवौँ भ्रमणमा रहेका ब्लिन्केनले आगामी दिनमा कायरोमा युद्धविराम वार्ता सुरु हुनुअघि इजरायली नेताहरूसँग भेटघाट गर्ने अपेक्षा गरिएको छ ।

अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताले १० महिनाभन्दा लामो युद्ध अन्त्यका लागि वार्ता अघि बढिरहेको बताएका छन् भने अमेरिकी राष्ट्रपति जो बाइडेनले वार्ताका लागि ‘हामी पहिलेभन्दा धेरै नजिक छौं’ भन्नुभएको छ ।

यद्यपि, हमासका राजनीतिक ब्युरो सदस्य सामी अबु जुहरीले दोहामा दुई दिनसम्म चलेको वार्तापछि प्रगतिको सङ्केत ‘भ्रम’ भएको एएफपीसँग बताउनुभयो ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

उहाँले भन्नुभयो, “हामी कुनै सम्झौता वा वास्तविक वार्ताको सामना गरिरहेको नभई अमेरिकी निर्देशनबारे छलफल गरिरहेका छौं ।”

महिनौंसम्म चलेको युद्धविराम वार्ताको क्रममा विगतमा देखिएका आशासमेत मरेका छन् ।

जुलाईको अन्त्यतिर हमासका राजनीतिक प्रमुख इस्माइल हनियाहलगायत इरान समर्थित लडाकू नेताहरूको एकपछि अर्को गर्दै भएको हत्या र घेराबन्दीमा परेको गाजा पट्टीमा पोलियोको प्रकोपसँगै मानवीय सङ्कट गहिरिँदै गएपछि यो खतरा बढेको छ ।

मध्यस्थकर्ताहरूले युद्धरत पक्षहरूबीचको बाँकी खाडल कम गर्न प्रस्तावहरू अघि सारेको घोषणा गरेपछि हमासले इजरायलबाट आएको ‘नयाँ शर्त’ अस्वीकार गरेको र मे महिनाको अन्त्यमा बाइडेनले अघि सारेको योजना कार्यान्वयन गर्न आह्वान गरेको थियो ।

ब्लिन्केन शनिबार राति तेल अभिभ प्रस्थान गर्नुअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले हमासमाथि ‘भारी दबाब’ सिर्जना गर्न आह्वान गरेको थियो ।

प्यालेस्टिनी समूहका साथै केही विश्लेषक र इजरायली प्रदर्शनकारीले नेतन्याहूले आफ्नो कट्टर दक्षिणपन्थी सत्तारूढ गठबन्धनको रक्षाका लागि सम्झौता गरेको आरोप लगाएका छन् ।

“हामीसँग बन्धकहरूलाई रिहा गर्न, युद्ध अन्त्य गर्न त्यति इच्छुक नरहेका एक जना प्रधानमन्त्री हुनुहुन्छ किनभने उहाँको आफ्नै स्वार्थ छ,” गाजामा रहेका बन्दीहरूलाई घर फर्काउने सम्झौताको माग गर्दै तेल अभिभमा हजारौँले र्‍याली निकालिरहेका बेला ५३ वर्षीय प्रदर्शनकारी योसीले भन्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com