नेतालाई रिहा नगरे पुनः आन्दोलन सुरु गर्ने प्रशासनलाई बङ्गलादेशी विद्यार्थी समूहको चेतावनी


प्रकाशित मिति : श्रावण १३, २०८१ आईतबार

BANGLADESH-UNREST-STUDENTS-PROTEST

बङ्गलादेशको एक विद्यार्थी समूहले आफ्ना केही नेतालाई आइतबार हिरासतबाट रिहा नगरेसम्म प्रदर्शन पुनः सुरु गर्ने चेतावनी दिएको छ ।

प्रहरी र अस्पतालबाट प्राप्त एएफपीको तथ्याङ्कअनुसार गत हप्ता भएको हिंसामा कम्तीमा २०५ जनाको मृत्यु भएको थियो । यो प्रधानमन्त्री शेख हसिनाको १५ वर्षे कार्यकालको सबैभन्दा ठूलो उथलपुथल हो ।

सेनाको गस्ती र राष्ट्रव्यापी निषेधाज्ञा ९कफ्र्यू० आदेश लागु भएको एक हप्ताभन्दा बढी समय बितिसक्दा पनि जारी छ र प्रहरीले कम्तीमा आधा दर्जन विद्यार्थी नेताहरूसहित हजारौं प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको छ ।

आन्दोलनको आयोजक ‘स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन’ का सदस्यले निजामती सेवा भर्ती नियमहरूको बिरूद्ध अभियान चलाएका थिए । यसअघि, उनीहरूले यो हप्ता सप्ताहव्यापी विरोध स्थगन वा अन्त्य गर्ने बताए पनि प्रदर्शनकारी विद्यार्थी नेताहरूको रिहाइ नभएको भन्दै आन्दोलन लम्बिनसक्ने चेतावनी दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“समूहका प्रमुख नाहिद इस्लाम र अन्यलाई रिहा गरिनुपर्छ र उनीहरूमाथि लगाइएको मुद्दा फिर्ता लिनुपर्छ,” अब्दुल हन्नान मसुदले शनिबार एक अनलाइनलाई दिएको जानकारीमा बताउनुभयो ।

मसुदले आफू अधिकारीहरूबाट लुकेर बसेको कारण आफ्नो स्थान नखुलाएको बताउँदै प्रदर्शनकारीको मृत्युका लागि जिम्मेवार सरकारी मन्त्री र प्रहरी अधिकारीविरुद्ध ‘खुला कारबाही’ गर्न पनि माग गरेका छन् ।

उहाँले अगाडि भन्नुभयो, “प्रशासनले अझै पनि विद्यार्थीको मागलाई वेवास्ता गर्दै अघि बढेमा विभेदविरुद्ध विद्याथी समूहले सोमबारदेखि कडा आन्दोलन गर्न बाध्य हुनेछन् ।

इस्लाम र प्रदर्शनकारी समूहका अन्य दुई वरिष्ठ सदस्यलाई शुक्रबार राजधानी ढाकास्थित अस्पतालबाट जबर्जस्ती डिस्चार्ज गरिएको थियो र सादा पोसाकका जासुसहरूको एक समूहले उनीहरूलाई लगेको थियो ।

यसै साताको सुरुमा इस्लामले एएफपीलाई दिएको जानकारीअनुसार प्रहरीले हिरासतमा दिएको यातनाबाट लागेको चोटका कारण अस्पतालमा उपचार गराइरहेको र आफू आफ्नो ज्यानको खतरामा रहेको बताउनुभएको थियो ।

गृहमन्त्री असदुज्जमान खानले तीनै जनालाई आफ्नो सुरक्षाका लागि हिरासतमा लिइएको बताए पनि उनीहरूलाई औपचारिक रूपमा पक्राउ गरिएको हो वा होइन भन्ने पुष्टि गर्नुभएन ।

प्रहरीले आइतबार एएफपीलाई दिएको जानकारीअनुसार जासुसहरूले अन्य दुई जनालाई हिरासतमा लिएका छन् । ‘स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन’ अभियन्ताले एएफपीलाई आइतबार बिहान एक जनालाई नियन्त्रणमा लिइएको बताएका छन् ।

बङ्गलादेशको सबैभन्दा ठूलो दैनिक पत्रिका प्रोथोम आलोका अनुसार आन्दोलन सुरु भएयता देशभर कम्तीमा नौ हजार व्यक्तिलाई पक्राउ गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com