२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

पोखरा जादैँ थियो सौर्य एयरको विमान, जसमा थिए चालक दलका सदस्यसहित १९ जना यात्रु

काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ ।

चालक दलका सदस्यसहित १९ जना यात्रु रहेको विमान उड्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानमा आगलागी भएको र आगलागी नियन्त्रण गर्न तीनवटै निकायका सुरक्षाकर्मी परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिनुभयो । दुर्घटनाका बारेमा जानकारी लिन गृहमन्त्री रमेश लेखक विमानस्थल पुग्नुभएको छ ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।